वायु प्रभावले काठमाडौं सहित देशका विभिन्न भागमा वर्षा
काठमाडौं । आज आइतवार काठमाडौं उपत्यका आसपासका क्षेत्रहरुमा मौसम बदली भएर मेघ गर्जन सहित वर्षा भएको छ ।
वायुमा आएको परिवर्तनका कारण देशका विभिन्न भागमा मेघ गर्जन सहित वर्षा भएको जल तथा मौसम विभागकी मौसमविद् शान्ति कँडेलले बताइन ।
त्यस्तै काठमाडौँ उपत्यका लगायत धनुषा, उदयपुर, महोत्तरी, सुर्खेत, दाङ जिल्ला तथा यसका आसपासका क्षेत्रहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भईरहेको महाशाखाले आफनो ट्विटर मार्फत जनाएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस