• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

मेरो स्वास्थ्य अवस्था बारे केही दिनमा थाहा हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य उपचार गराएर १० दिनपछि सोमबार स्वदेश फर्किएका छन्। उनी दिउँसो १२ः२५ मा थाई एयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चासो राख्दै ठूलो संख्यामा नेकपाका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सञ्चारकमीी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका थिए ।

 

१० दिन सिंगापुरमा स्वास्थ्य उपचारपछि फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सेनाको सलामी ग्रहण गरेनन् भने पत्रकार सम्मेलन पनि गरेनन् । पत्रकारले आग्रह गर्दा पनि उनले आफ्नो स्वास्थ्य अवस्थाबारे केही बताएनन्। उनले आफ्नो स्वास्थ्यबारे केही दिनमै थाहा हुने प्रतिक्रिया दिए।

 

प्रधानमन्त्री  शुक्रबार नै फर्किने कार्यक्रम थियो। तर, आइतबारलाई सरेको कार्यक्रम पुन सोमबारसम्म लम्बिएको थियो। प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते सिंगापुर गएका थिए। उनकोको सिङ्गापुरको सरकारी अस्पताल नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको थियो ।

 

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सिंगापुर गएका थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार