• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
बिश्व

ईदको बेला कश्मीरमा फेरि कडिकडाउ

जम्मू-कश्मीर । सोमवार सुरु हुने ईद-उल-अज्हा पर्वको अघि भारतीय अधिकारीहरूले कश्मीरमा फेरि सुरक्षाव्यवस्थामा कडिकडाउ गरेका छन्। भारत प्रशासित कश्मीरको मुख्य सहर श्रीनगर पुनस् पूर्ण बन्दको अवस्थामा छ।

 

गत दुई दिनयता कर्फ्यू खुकुलो पारिएको पारिएको थियो। तर अहिले कुनै कारण उल्लेख नगरीकन कडिकडाउ गरिएको छ। आइतवार बेलुकी सडकमा कुनै मानिस वा सवारीसाधन देखिएनन्। मुसलमानको बाहुल्य भएको जम्मू(कश्मीर क्षेत्रमा खटाइएका दशौँ हजार सुरक्षाकर्मीहरू गस्तीमा छन्।

 

फोन लाइन तथा इन्टरनेट काटिएको एक साता भएको छ। बिहीवार प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरीहरूलाई ईद(उल(अज्हा पर्व मनाउन सहज पारिदिने वाचा गरेका थिए। त्यहाँ सोमवारबाट सो पर्व सुरु हुँदैछ।

 

सबैको आँखा
जम्मू-कश्मीरलाई विशेष हैसियत दिने संविधानको धारा ३७० हटाउने भारत सरकारको निर्णयपश्चात् पूरै विश्वको आँखा भारतप्रशासित कश्मीरको अवस्थामा परेको छ। सोमवार त्यहाँ ईद पर्व छ र प्रशासनले कतिपय इलाकामा कर्फ्यू खुकुलो पारेको थियो। त्यहाँस्थित बीबीसी संवाददाता आमीर पीरजादाले कर्फ्यू खुकुलो पारेपछि सडकमा केही चहलपहल देखिएको बताएका थिए।

 

उनले भने,'सोमवारको ईदको किनमेल गर्न सबै जना बाहिर निस्किएका थिए। गाडी चलेका थिए।' आइतवार झन्डै १२ बजेसम्म सडकमा निकै आवतजावत रहेको र कतिपय स्थानमा त ट्राफिक जाम पनि भएको उनले बताए । तर १२ बजेपछि अचानक पुनस् कडिकडाउ गरियो। 'सुरक्षाबलले फेरि सडकमा ब्यारकेड अवरोध खडा गर्न थाले र मानिसको चहलपहल स्वात्तै घट्यो,' पीरजादाले बताए।

सूचना बन्द
त्यहाँ अहिले पनि सूचना प्राप्त गर्ने साधन प्रायस् बन्द छन्। कसैसँग पनि के भइरहेको छ भनेर कुनै जानकारी छैन। शुक्रवार श्रीनगरको सौरा क्षेत्रमा नमाज प्रार्थना पश्चात् विरोधप्रदर्शन भयो।

 

तर भारत सरकारले अवस्था नियन्त्रणमा रहेको र कतैपनि ठूलो विरोधप्रदर्शन नभएको बताएको छ। जम्मू-कश्मीर प्रहरीले ट्वीट गरेर प्रहरीका तर्फबाट एउटा पनि गोली नचलाइएको बताएको छ। प्रहरी प्रमुखले एक विज्ञप्ति जारी गर्दै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कश्मीरमा गोली चलेको समाचार प्रसारण गरेको भएपनि त्यो पूरै गलत भएको जनाएका छन्।

 

ईद कसरी मनाउने ?

यस्तो वातावरणमा अब त्यहाँ ईद कसरी मनाउने भन्ने प्रश्न उठेको छ। बीबीसी संवाददाता रियाज मसरूरका अनुसार अघिपछि ईदको नमाज त्यहाँको जामा मस्जिदमा पढिन्थ्यो।

 

त्यसका अतिरिक्त ईदगाह वा ठूला मैदानमा पनि नमाज पढिन्थ्यो। रियाजले भने, 'अनन्तनाग, शोपियाँ, बाँदिपुरा, कुपवाडाजस्ता ठाउँका ठूला मैदानमा नमाज पढिन्थ्यो। तर यसपालि सायद घरघरमै वा बस्तीभित्रै नमाज पढ्ने अनुमति दिइन्छ।'

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार