• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

प्रधानमन्त्री ओली सोमबार मात्रै स्वदेश फर्कने

काठमाडौं । स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली भोलि (सोमबार) दिउँसो काठमाडौं फर्कने भएका छन् ।

 

प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षणको काम सकिएको र उनी भोलि दिउँसो काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन आर्यालले जानकारी दिए । 

 

प्रधानमन्त्री ओलीसहितको टोली सोमबार थाइ एयरबाट दिउँसो साढे १२ बजे आइपुग्ने कार्यतालिका छ । साउन १८ गते सिंगापुर प्रस्थान गरेका ओलीको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ ।

 

प्रधानमन्त्रीको साथमा धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी डा। दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार