• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

बलिदान पछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले लामो संघर्ष र बलिदान पछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताएका छन् ।

 

राजधानीमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दे दाहालले राजनीतिक परिर्वतनलाई कसैले उल्ट्याउन नसक्ने दाबी गरे । 

 

परिर्वतन निरन्तर अगाडि बढिरहने र पछाडि फर्किन नसक्ने भन्दै उनले इतिहास उल्ट्याउन गरिने प्रयास र तिनका अगुवाहरु अन्ततः सबै फोहरको थुप्रोमा मिल्क्याइने बताए ।

 

उनले भने, 'जनतामा राजनीतिक सामाजिक जागरणसहित अगाडि बढेको विद्रोह र त्यसका उपलब्धिलाई कसैले उल्ट्याउन सकेको छैन । इतिहासको चक्का निरन्तर अगाडि बढ्छ । पछाडि धकेल्न चाहनेहरु इतिहासको रछ्यानमा मिल्यइने नै गरेका छन् । नेपाल त्यसको अपवादमा हुनै सक्दैन ।'


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार