• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

६६ औं नेशनल अवार्ड : ‘हेल्लारो’ सर्वोत्कृष्ट फिचर फिल्म ,अन्धाधुन्ध उत्कृष्ट हिन्दी भाषी फिल्म

नयाँ दिल्ली । शुक्रबार दिल्लीको शास्त्री भवनमा आयोजित एक कार्यक्रममा ६६ औं नेशनल चलचित्र अवार्ड सम्पन्न भएको छ । देशभरीका सबैजसो भाषामा बन्ने फिल्मलाई समेटेर प्रदान गरिएको उक्त अवार्डमा आयुष्मान खुराना स्टारर अन्धाधुनले उत्कृष्ट फिचर फिल्म र उत्कृष्ट स्क्रिन प्ले विधामा अवार्ड हासिल गर्यो ।

 

त्यस्तै चलचित्रमा दुष्टिविहीन पियानो मास्टरको भूमिका देखिएका अभिनेता आयुष्मान खुरानाले उत्कृष्ट अभिनेताको अवार्ड हात पारे । खुरानासँगै  ‘उरीः द सर्जिकल स्ट्राइक’ का अभिनेता विक्की कौशललाई पनि यो अवार्ड संयुक्त रुपमा प्रदान गरिएको थियो ।

 

सन् २०१८ मा भारतभरी प्रदर्शनमा आएका फिचर फिल्ममा गुजराती भाषाको फिल्म ‘हेल्लारो’ सर्वोत्कृष्ट फिल्मको अवार्ड पाएको थियो । सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड भने तेलुगू फिल्मको ‘महानटी’की अभिनेत्री कीर्ति सुरेशले पाइन । 

 

कार्यक्रममा फिल्म उरीका निर्देशक आदित्य धरले सर्वश्रेष्ठ निर्देशकको अवार्ड पाए भने उत्कृष्ट संगीतको विधामार्फत चलचित्र पद्मावत बाट संजय लीला भंसालीले उत्कृष्ट निर्देशकको अर्वाड प्राप्त गरे।

 

अन्य भाषाका बिद्यामा मराठी भाषाको फिल्म चुम्बकबाट स्वानन्द किरकिरेले साहयक अभिनेताको अवार्ड जितेका छन् । त्यस्तै सहायक अभिनेत्रीको अवार्ड सुधा सीकरीलाई प्राप्त गरिन् । यो पुरस्कार उनलाइ हिन्दी भाषाको फिल्म ‘बधाई हो’को लागि दिइएको थियो ।  त्यस्तै फिल्मको लागि सबैभन्दा अनुकुल राज्यको पुरस्कार उत्तराखण्डले प्राप्त गर्यो । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार