• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

मलाई थाहा थिएन कि म कमेडी पनि गर्न सक्छु : वरुण शर्मा

मुम्बइ । 'फुक्रे' गर्नु अघि मलाई  थाहा थिएन कि म पनि कमेडी गर्न सक्छु भन्ने । मैले दिल्लीमा ‘अन्धा युग’ जस्ता सिरियस थियटरमा काम  गरे । अश्वत्थाको भूमिका गर्दै आएको थिए । म आफैलाई थाहा थिएन कि म पनि मानिसहरुलाई हसाउँन सक्छु ।

 

'फुक्रे' जब बन्यो मलाई महसुश भयो मैले केहि अलग गरेको छु  र जब फिल्म प्रदर्शन भयो तब  हलमा दर्शकहरु मैले गरेको भूमिकामा हास्दै थिए । मैले सबै दर्शकको अनुहार हेर्दै गए त्यहाँ सबै हास्दै थिए। त्यसबेला मलाई पहिलो पटक आफैलाई लाग्यो कि मैले पनि अरुलाई हसाउँन सक्छु ।

 

चुचाको भूमिकाबाट दर्शकहरु माझ लोकप्रिय भएका वरुणले आज पनि बुझ्न सकेका छैनन् कि उनले यस्तो के गरे कि उनलाई दर्शकले यति मन पराए । वरुण भन्छन् 'मलाई पहिला देखिनै लाग्थ्यो कि कमेडी गर्न गार्हो हुन्छ । कसैलाई त्यसै हसाउँँछु भन्ने काम सजिलो होइन । आजको समय जब हामी भित्र कुनै धर्म बाकीं रहेन र यस्तोमा कसैलाई पनि सजिलै रुवाउन सक्छौ वा रिसको सुरुवात गर्न सकिन्छ तर हसाउने काम भने त्यति सजिलो होइन । जब कोहि बाटोमा मलाई हेरेर मुस्कुराउँछन् वा खुशी हुन्छन् त्यबेला मलाई एकदम खुशी लाग्छ ।'

 

 

हालै प्रदर्शनमा आएको फिल्म “खानदानी शफाखाना”मा देखिएका वरुण शर्मा भन्छन् मलाई बाहिरकाले र घर परिवारले धेरै चोटी सोध्ने गर्थे कि कतै म टाईपकास्ट त भएको छैन तर मलाई यस्तो लाग्थ्यो कि म आफ्नो लक्ष्यको त्यो सिढीमा छु जहाँ म लगातार कास्ट हुदै थिए ।

 

मेरो लागी यो नै ठुलो कुरा थियो । यसै पनि मेरो सोच यस्तो छ कि जुन कामले मलाई आफ्नो स्थान, नाम र इज्जत दियो र उसलाई भनु कि भाई तिमि पख, म कुनै अर्को काम प्रयास गरेर आउँछु । यदी काम बन्यो भने ठिक छ नत्र कमेडी त छ नै । यो म गर्न सक्दिन ।

 

कतिपटक कमेडीमा दुई अर्थको शब्द आउँछन् र कतिपटक  अरुको  नक्कल गर्न  मान्छेलाइ पनि गार्हो हुन्थ्यो । तपाइको के सोचाई छ ? भन्ने प्रश्न सोद्धा वरुण भन्छन्, मलाई लाग्छ कि कुनै सिन वा डाईलग दुइ अर्थ हुन्छ तर यदी त्यो सिनको महत्व बढछ भने ठिक छ तर त्यो कुनै नराम्रो अर्थ दिने हुन्छ भने त्यो ठिक लाग्दैन ।

 

 

म न  झुटो अभिनयमा विश्वास गर्छु न झुटा दर्शकमा । जहाँसम्म कुरा नक्कलको गरेका छौ त्यो पहिले नै भन्नु उचित हुन्छ कसको गर्नु पर्ने हो भनेर किनकी उनीहरुलाई कुनै नराम्रो नहोस् र यसमा पनि त्यो मान्छेसँग भनेर यसको अनुमति लिनु नै उचित हुन्छ।

 

आफ्नो जिन्दगि देखि खुशी हुनुहुन्छ ? “मैले अझै पनि बुझ्न सकेको छैन कि के भइरहेको छ भनेर । मैले कहिले एउटा फिल्मको शूट यता गरिराखेको हुन्छु त कहीले अर्को फिल्मको शूट अर्को तिर गरेको हुन्छु ।

 

यति धेरै काम छ र म वेब सिरिज गर्ने चाहन्छु तर समय छैन । पहिले जिवन सजिलो थियो, जब म्यानेजर आए, पीआर आए, डिजिटल टिम, मेरो जीवनमा एकै चोटी यी सबै आए । जब यी सबै फिल्म र काम सक्छु तब सोच्छु कि म जहाँ छु त्यहा खुशी छु कि छैन । साभर : वेभ दुनियाँ

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार