• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

चर्चामा सन्तोषको  ‘प्रेमगीत–३’

काठमाडौं । कलाकार तथा  निर्माता सन्तोष सेनले बनाउन लागेका चलचित्र ‘प्रेमगीत–३’ को चर्चा दिनप्रति बढ्दै गईरहेको छ ।

 

दशैं लगत्तै छायाँकनमा जाने यो चलचित्रमा सन्तोष सेन, नव नायिका कृष्टिना गुरुङ,प्रदीप खडका, शिव श्रेष्ठ, सुनिल थापा, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी र समृद्धी शाही ठकुरी देखिने भएका छन् । त्यस्तै चलचित्रमा  माओत्से गुरुङ र लक्ष्मी बर्देवालाई पनि चलचित्रमा अनुबन्धित गरिएको निर्माता सेनले बताए । 

 

चलचित्रको कथामा रहेका हरेक पात्रको आ–आफ्नै महत्व भएको हुनाले कुनै पनि पात्रमा सम्झौता गर्न नचाहेको निर्माता तथा निर्देशक सेन जानकारी दिए । उनले चलचित्रमा जीवन भट्टराई, जीवन बराल, योगिशा खत्री र शिशिर राणासमेत थपिने जनाए । 

 

प्रेमगीत र प्रेमगीत–२ को तुलनामा ‘प्रेमगीत–३’ तीन गुणा बढी ब्यापक बन्नेमा कुनै दुई मत छैन । चलचित्रमा अनुबन्धित भएका कलाकारहरु देख्दा पनि  चलचित्रको चर्चा दिनप्रतिदिन बढ्दै गइरहेको छ ।  

 

चलचित्रलाई निर्माता तथा कलाकार सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दै छन् । चलचित्रको कथा निर्देशक गुरुङ र मन्दिप गौतमले लेखेका हुन । चलचित्र नयाँ वर्षको अवसरमा चैत २८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार