• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

कोकाकोलाको जिग्री प्याक बजारमा

काठमाडौं । कोकाकोलाले  २५० एमएलको नयाँ प्याक सार्वजनिक गरेको छ ।

 

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पेय पदार्थ कोकाकोलाले कोकाकोला मिनी प्याक ‘जिग्री’ सार्वजनिक गरेको हो । जिग्री प्याक उद्योगकै सबै भन्दा नवीनतम प्रविधि भएको कम्पनीको दावी छ ।

 

‘जिग्री’ ब्राण्ड एम्बासेडर नेपाली चलचित्रका  सुपर स्टार अनमोल केसी र नायिका प्रियंका कार्कीले सार्वजनिक गरेका हुन । कम्पनीले ‘हात हातमा कोकाकोला, साथमा जीग्री’ योजना अन्तरगत कोकाकोला २५० एमएलको नयाँ प्याक ल्याएको हो ।

 

 साथी भाइसँग रमाइलो गर्दा जहाँ पनि सजिलै राख्न, बोक्न र लिन सकिने गरी सानो आकारको बोतलमा कोकाकोला ल्याएको कम्पनीले बताएको छ ।



 नेपालका लागि कोका कोलाका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले  ग्राहकका लागि उपयुक्त प्याक ल्याउन पाउँदा खुसी लागेको बताए ।


 त्यस्तै  बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डिरेक्टर प्रदीप पाण्डेले नवीनतम प्रविधी मार्फत वातावरण मैत्री बन्न प्रतिबद्ध रहेको जानकारी दिए ।

 

जिग्रीको मूल्य प्रति बोतल ४० रुपैयाँ राखिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार