• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

स्वास्थ्य परीक्षण जारी रहेकोेले प्रधानमन्त्री ओलीको सिंगापुर बसाई दुई दिन लम्बियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट नियमित स्वास्थ्य परीक्षण सकेर आइतबार मात्रै स्वदेश फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन आर्यालले जानकारी दिएका छन । 

 

 स्वास्थ्य परीक्षणका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कने तालिका थियो ।

 

चिकित्सकसँगको परामर्शपछि स्वास्थ्य परीक्षण जारी रहेकोेले थप दुई दिन सिंगापुरमै रहने तय भएको बताइएको छ ।

 

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार