• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
विचार

नारामा विकास व्यवहारमा बिलास

देशले नयाँ संविधान पाउँदा जनतामा जुन खुसी छाएको थियो त्यो खुसी विस्तारै निराशामा बदलिएको छ, मूलुकको लागि यो पक्कै पनि राम्रो संकेत भने होइन । जनताले आफ्ना प्रतिनिधी चुनेर काम गर्ने ठाउँमा पठाए तर उनै प्रतिनिधिको रबैया र झुटा आश्वासनले आम मानिसमा बितृष्णा बढ्दो छ ।


आम जनताको दैनिकी हरेक दिन जसो बिकराल बन्दै छ । सरकारलाई यसबारे खासै चासो छैन अथवा भनौ उ यसबारे बेखवर छ । सरकारले मौसमी मुद्दालाई यसरी उचाल्छ कि देश आजको भोली यूरोप बन्न सक्छ तर त्यो कदापी हुन सक्दैन । देशको प्रथामिकता रोजगारी, दैनिक उपभोग्य बस्तुको सहजतामा जोडिएको छ  तर यसतर्फ भने कोहि कसैको ध्यान पुगेको पाइदैंन । राज्य संचालन गर्न पुगेका प्रतिनिधीले जनताको मर्म र भोगाईमा मेल खाने एउटा पनि कुरा बोल्दैंन्न । किन भने उनीहरुको जिवनस्तर पनि जनता संग मेल खाने किसीमको छैन । उनीहरुको उपचार स्वदेशमा हुदैंन । स्वास्थ्यमा जनताको सहज पहुँच उनीहरुको चासो र प्रथमीकतामा रहदैंन ।

 

शिक्षामा भएको बिकराल समस्या उनीहरु सल्टयाउन चाहँदैंनन किन भने उनीहरुका छोराछोरी यहाँ पढ्दैंन । देशका कुना काप्चाका मापदण्ड विपरित हिलाम्मे सड्क उनीहरुको प्राथमिकतामा पर्दैन । यसको स्तर उन्नतीबारे चासो छैन किन भने उनीहरु हेलिकप्टरबाटै त्यहाँ पुग्ने हैसित राख्छन । यि कुराहरुले के प्रष्ट हुन्छ भने नेपाली जनताले चुनेको प्रतिनीधि स्वयम उ जस्तो छैन । उ नितान्त भिन्न छ । अथवा भनौं चुनावले उसको रुपलाई आम मानिस भन्दा भिन्न बनाएको छ ।

 

जनताको प्रतिनिधी बन्नु भनेको जनताले भोगेका आम भोगाईबारे उ पनि जानकार छ उ  पनि साक्षत्कार छ भन्नु हो तर त्यस्तो व्यवहारमा देखिदैंन । आफैले भोट दिएर सरकारमा पठाएको प्रतिनिधि आकाशमा उडिरहन्छ तर भोट दिने जनता हप्तौं देखि बर्षाको प्रतिक्षामा धाजा फाटेको धानबाली हेर्दै आकाश तिर हेरी बस्नुपर्ने तितो यर्थाथ छ । अन्न बालि लगायो सिचाईको सुविधा छैन ।

 

सिचाई आयोजनाको उद्घाटनको समाचार सुनेर उसको बाली उकासिदैंन । मल किन्न गयो हप्तौ सम्म हाँत पर्दैन हाँत परिहाले पनि दोव्वर बढी मूल्य तिर्नु पर्छ । उसले सरकार कहाँ छ भन्ने अनुभूत त गर्न पाउनु पर्‍यो नि किन भने सरकार पनि तह तहका छन ३ तहको सरकार हुदाँ पनि आम मानिसको दैनिकी सहज नहुनु भनेको दु।ख अनी लाजमर्दो कुरा भएन र रु

 

राज्य संचालन गर्नेहरुले के बोल्ने रु त्यस विषयको आधार के हो केहि न केहि त त्यसको धरातल थाहा हुन्छ र हुनुपर्ने होला नि तर विना आधार जे पनि बोल्दैं हिड्न उनीहरुलाई छुट छ रु यो प्रसङ्ग किन पनि यहाँ जोडन खोजिएको हो भने केहि दिन अघि मात्रै निर्मला हत्यकाण्डको विषयलाई लिएर गृह मन्त्रीले ‘यस्ता घटना भइरहन्छन’ भनेर सामान्य रुपमा लिए । सरकारको जिम्मेवार मन्त्रीले यस्तो बोल्दै हिड्दा के त्यसले शोभा दिन्छ ।  देशको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय  पत्र बारे आफूलाई थाहा नभएको समेत भने ।

 

सरकार संचालनका क्रममा संवेदनशिलता नअपनाउदा पनि हुने हो वा विना कुनै आधार जे बोल्न पनि जनताले उनीहरुलाई छुट दिएका हुन । केन्द्र सरकारका काम कारवाहीको चर्चा त हुने नै भयो । स्थानिय सरकारको अवस्था पनि झनै डर लाग्दो देखिन्छ । भनिन्छ ‘दिनको संकेत विहानीले गर्छ’ यो कस्तो संकेत हो जहाँ हामी पाइला पाइलामा प्रशन बोकेर कुदीरहेका छौं । सिंह दरवार जस्तो गर्जन्छ । गाउँ गाउँका सिंहदरवारको पनि सेवा सुविधाको गर्जन कम छैन ।

 

लामो समयसम्म एकात्मक शासनको अभ्यास अहिले विकेन्द्रीकरण भएको छ । नयाँ प्रयोगलाई संस्थागत गर्न समय लाग्छ तर यो भन्दैमा दशकौंसम्म मुलूकलाई प्रयोग र अभ्यासको थलो मात्रै बनाइरहने कि यसको खाकालाई मलजल गर्दै जनताका कुरालाई सुनेर हातेमालो गर्न ।

 


भोट दिने जनता सधै पिडामा हुने तर उसले छानेको प्रतिनिधी भने रवाफका साथ स्रोत साधनमा हालिमूहालि गरिरहने  । सडक पुगेको होस नहोस सवारी साधन खरिद गर्नु परेको छ । पछिल्ला तीन बर्षमा मात्रै राज्य कोषबाट २१ अर्ब रुपैयाँ  सवारी साधन खरिद गर्नेमा सकिएको छ। यसले के देखाउँछ भने काम भन्दा बढी सुविधामा स्थानीय सरकारहरुको पनि झुकाव बढेको छ भन्ने प्रष्ट हुन्छ ।

 

जनताका प्रतिनिधिको विलासिताको ग्राफ हरेक दिन जसो उकालो लाग्दैं छ । चुनावका समयमा विकासको मूल फूटाउने नारा अहिले सुविधा जुटाउनेमा केन्द्रीत छ । यसको मुल्याङकन जनताले गरिरहेका छन । नेपाली जनताले चुनेका प्रतिनिधि उनीहरुका लागी नभएर बिलासका लागी भए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार