• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
देश/प्रदेश

त्रिशुलीमा बस खस्यो, तीनको मृत्यु, १२ को उद्धार

फाइल फाेटाे

धादिङ । सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ ।

 

बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन । अहिलेसम्म १२ जनाको उद्धार गरिएको प्रहरी उपरक्षक राजकुमार बैदवारले जानकारी दिए ।

 

घटनास्थलमा उद्दार कार्य भइरहेको छ र मृतकको संख्या बढ्न सक्ने अनुमान छ। यो बारेमा विस्तृत विवरण आउन बाँकी छ। नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार