• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

काङ्ग्रेस नेता सिंहको स्वास्थ्यमा सुधार

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको स्वास्थ्यमा सुधार भएको छ ।

 

 ज्वरो र मधुमेह   बढ्नुका साथै पिसाबमा संक्रमण देखिएपछि नेता सिंहलाई सोमबार उपचारका लागि  मेडिसिटी अस्पतालमा  भर्ना गरिएको थियो । नेता सिंहको स्वास्थ्यमा सुधार आएको  उनका सहयोगी युपी लामिछानेले जानकारी दिएका छन। 

 

केहि दिन देखी नै नेता सिंह स्वास्थ्यमा केही असजिलो महसुस भएपछि  घरमै आराम गरिरहेका थिए ।

 

 सिंहलाई डा. मिमी गिरीको टोलीले उपचार गरिरहेको छ । डा. गिरीका अनुसार नेता सिंहलाई अझै केही दिन अस्पतालमा राखिनेछ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार