• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

राप्रपाको प्रशिक्षक प्रशिक्षण साउन २४ र २५ गते धुलिखेलमा हुँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७६ साललाई संगठन निर्माण गर्ने बर्षको रुपमा  घोषणा गरेको छ ।  पार्टीको प्रशिक्षण बिभागले भोलि साउन २४ र २५ गते केन्द्रीय प्रशिक्षक प्रशिक्षण आयोजना गरेको छ ।

 

 राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाका अनुशार सैद्धान्तिक, वैचारिक बिषयसँगै सङगठन निर्माण, समसामयिक राजनीतिक अवस्था र सूचना प्रविधि, जनसंघर्षजस्ता बिषयमा प्रशिक्षण दिइने छ ।

 

पार्टी अध्यक्ष कमल थापा, महामन्त्री राजेन्द्र लिङ्देन, प्रवक्ता एवं प्रशिक्षण बिभाग प्रमुख भुवन पाठक, सहायक प्रवक्ता रमानन्द न्यौपाने, आईटि इन्जिनियर रोजेश रिजाल लगायतले प्रशिक्षण दिने छन ।

 

सातै प्रदेशबाट  ६० जना प्रशिक्षक प्रशिक्षणमा  सहभागि रहने छन । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार