सुनको भाउ हालसम्मकै उच्च, तोलाको ७० हजार
काठमाडौं । निरन्तर उकालो लागिरहेको सुनको भाउ आज पनि बढेर हालसम्म कै उच्च भएको छ । बिहीबार तोलामा पाँच सय रुपैयाँले बढेर ७० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हप्ताको पाँचौँ दिनसम्ममा सुनको मूल्य तोलामा तीन हजार सात रुपैयाँ बढेको हो ।
बिहीबार चाँदी प्रतितोला आठ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिकृया दिनुहोस