• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
शिक्षा

तलब नपाएपछि जाजरकोटका शिक्षकले गरे विद्यालयमा तालाबन्दी

जाजरकोट । जाजरकोट पञ्चभयार माध्यमिक विद्यालयका एक  शिक्षकहरूले एक वर्षदेखि तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन् ।

 निजी स्रोतबाट राखिएका शिक्षकले तलब नपाएको भन्दै सोमबारदेखि तालाबन्दी गरेका हुन् । 

 

तालाबन्दीका कारण तीन दिनदेखि विद्यालयमा पढाइ अवरुद्ध  छ । निजी स्रोतबाट राखिएका शिक्षक रवीन्द्र खत्री, मीना बुढा, इन्द्र खत्रीले एक वर्षदेखि तलब पाएका छैनन् । विद्यालयमा आम्दानीका स्रोत नभएपछि तलब उपलब्ध गराउन नसकेको प्रधानाध्यापक हुमप्रकाश सिंहको भनाई छ । 

 

वडा नं ८ मा परेका सबै योजनाहरुको रकम हल्चौरदेखि राम्रासम्मको घोडेटो बाटोमा बजेट हालेर स्थानीयवासीको श्रमदानसमेतमा निर्माण भएको बाटोको रकमबाट शिक्षकलाई तलब उपलब्ध गराउने विद्यालय व्यवस्थापन समितिले लिखित सहमति गरेको छ । योजनाको रु छ लाख २० हजार पूरै निकासा भए पनि उपभोक्ता समितिले रु पाँच लाख मात्र उपलब्ध गराएको बताइएको छ ।


 
सोही बाटो अहिलेसम्म तीन पटक निर्माण भइसकेको छ । विद्यालयमा शिक्षकको दरबन्दी नहुँदा निजी स्रोतबाट राखिएका शिक्षकले पढाएर विद्यालय सञ्चालन हुँदै आएको छ । वर्ष दिनसम्म विद्यालयमा पढाए पनि तलब नपाएको भन्दै शिक्षकहरु तलब उपलब्ध नगराएसम्म ताला नखोल्ने अडानमा छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार