• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
शिक्षा

कक्षा–९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने

काठमाडौं । आगामी शैक्षिकसत्रदेखि कक्षा–९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ ।

समय, परिस्थितिअनुसार प्रत्येक पाँचरपाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्ने नियमानुसार पाठ्यक्रम परिमार्जन गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले जानकारी दिए ।

 

नयाँ पाठ्यक्रमअनुसार अब कक्षा–११ र १२ मा थप दुई विषय पढ्नुपर्ने हुन्छ ।

उनकाअनुसार जीवन उपयोगी सीप र सामाजिक अध्ययन ५०र५० पूर्णांकको पढ्नुपर्ने हुन्छ ।

 

जीवन उपयोगी सीपले विद्यार्थीलाई व्यवसाय गर्नका लागि सिकाउँछ भने सामाजिक अध्ययनले नेपालको बारेमा विद्यार्थीलाई बुझ्न सहयोग मिल्दछ ।

नयाँ पाठ्यक्रमअनुसार नेपाली ५० र अंग्रेजी भने १०० पूर्णांकको हुनेछ ।

 

सूचना अधिकारीसमेत रहेका भट्टराईले कक्षा–९ र १० का विषयसँग पनि मिल्नेगरी पाठ्यक्रम परिमार्जन गर्न थालिएको जानकारी गराए ।

यसअघि, वि।सं। २०६४ मा पाठ्यक्रम परिमार्जन भएको थियो ।

 

उनकाअनुसार ४० ओटा विषयको परिमार्जन गरिसकिएको छ भने ३७ ओटा विषयको परिमार्जनकोक्रममा रहेका छन् ।

‘हामीले पहिले सबैभन्दा बढी विद्यार्थी हुने विषयको पाठ्यक्रम परिमार्जन गरिरहेका छौं’–उनले भने–‘पछि कम विद्यार्थी हुने विषय परिमार्जन गर्नेछौं ।’

 

कक्षा–११ र १२ मा १५६ ओटा विषय रहेका छन् । यसअघि, कक्षा–११ र १२ को विषयको उच्च माध्यमिक शिक्षा परिषद्ले परिमार्जन गरेपनि कक्षा–१२ सम्म माध्यमिक तह मानेकाले केन्द्रले पहिलोपटक पाठ्यक्रम परिमार्जन गरेको हो ।

 

कक्षा–९ र १० को भने केन्द्रले ऐच्छिक विषयकोमात्र पाठ्यक्रम परिमार्जन गर्न थालेको हो ।

कक्षा–९ का इतिहास, भूगोल, नागरिक शासन, अर्थशास्त्र, समाजशास्त्र, जनसंख्या, वातावरण विज्ञान, कृषि, शिक्षा, कम्प्युटर, लेखापरीक्षण, फोटोग्राफी, स्वास्थ्य शारीरिक, ग्रामीण विकास विषयको परिमार्जन गर्न थालिएको केन्द्रका निर्देशक भट्टराईले बताए ।

 

अतिरिक्त गणितको भने पाठ्यक्रम परिमार्जन गरिसकेको छ । नयाँ पाठ्यक्रममा २५ अथवा ५० पूर्णांक प्रयोगात्मक राखिएको छ ।

स्थानीय तहले स्थानीय परिवेशअनुसार एकओटा विषय अतिरिक्त पढाउन सक्नेछन् ।

स्थानीय तहले तयार पारेको पाठ्यक्रम विकास केन्द्रसँगको सहकार्यमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग स्वीकृत गराउनुपर्ने हुन्छ ।रासस

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार