• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

फिफा विश्वकप छनोट खेल्ने ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटका लागि ३१ सदस्यीय प्रारम्भिक फुटबल टोलीको घोषणा भएको छ । 
नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले सोमबार प्रारम्भिक चरणमा ३१ सदस्सीय नेपाली टोलीको घोषणा गरेका छन् ।

 

कालिनले प्रशिक्षणमा डाकिएका ३६ खेलाडीबाट प्रारम्भिक चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । पहिलो चरणमा प्रशिक्षक कालिनले डिफेन्डर कमल श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङ्देम्बे, अमित तामाङ र मिक्चेन तामाङ टिमबाट बाहिरिएका छन् ।

 

कालिनले फरवार्ड विमल घर्ती मगरलाई टिममा राखेको छ । गत महिना कुवेत र चाईनिज ताईपे विरुद्धको मैत्रीपूर्ण खेलमा विमल परेका थिएनन् । विश्वकप छनोटमा समूह ‘बी’ मा रहेको नेपालको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेइ रहेका छन् ।

 

नेपालले पहिलो खेल कुवेतसँग खेल्नेछ । नेपालले ५ सेप्टेम्बरमा कुवेतसँग होम गेम खेल्ने तालिका रहेको छ । नेपालमा रहेको एकमात्र अन्तरराष्ट्रिय दशरथ रंगशालाको पुनर्निर्माण नसकिने हुनाले होम र अवे दुबै खेल कुवेतमा खेल्ने भएको हो ।

 

यस्तै सेप्टेम्बर १० मा चाईनिज ताईपे र अक्टोबर १५ मा जोर्डनसँग घरेलु मैदानमा खेल्ने तालिका रहेको थियो । चाईनिज ताईपेसँग तय भएको सन् २०२० को मार्च २६ को अवे र जोर्डनसँग सन् २०२० को जुन ४ मा तय भएको अवे खेल नेपालमा हुनेछ । 

 

नेपालले अष्ट्रेलियासँग अक्टोबर १० अवे खेल खेल्नेछ । यस्तै नेपालले अष्ट्रेलियासँग २०२० को मार्च ३१ मा घरेलु मैदानमा खेल्नेछ ।

 

प्रारम्भिक नेपाली टिम

गोलरक्षक : किरण कुमार लिम्बु, एलन न्यौपाने, विकेश कुथु, बिशाल श्रेष्ठ

 

डिफेन्डर : विराज महर्जन, सरोज दाहाल, रन्जिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देभेन्द्र तामाङ, रवि सिलवाल, दिनेश राजबंशी, बिमल पाण्डे

 

मिडफिल्डर : सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, बिशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, त्रिदेब गुरुङ, हेमन गुरुङ, सुभाष गुरुङ

 

स्ट्राइकर : बिमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट, भरत खवास, बिमल घर्ति मगर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार