कांग्रेस नेता सिंह अस्पताल भर्ना
काठमाडौं । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह अस्पताल भर्ना भएका छन् ।
ज्वरो र मधुमेह बढ्नुका साथै पिसाबमा संक्रमण देखिएपछि नेता सिंहलाई सोमबार उपचारका लागि अस्पताल भर्ना गरिएको उनका सहयोगी युपी लामिछानेले जानकारी दिएका छन ।
केहि दिन देखी नै नेता सिंह स्वास्थ्यमा केही असजिलो महसुस भएपछि घरमै आराम गरिरहेका थिए ।
अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको पार्टीका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँले जानकारी दिएका छन ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस