• शनिबार १-८-२०८१/Saturday 04-20-2024
फेशन

प्रतीष्ठा बनीन यस बर्षको ‘मिस इगंल्यान्ड ’ सेकेन्ड रनर अप

 काठमाडौं । अल्डरसट निवासी २६ बर्षीय नेपाली मुलकी प्रतीष्ठा तृष राउत यस बर्षको मिस इगंल्यान्ड सेकेन्ड रनर अप को उपाधि जित्न सफल भएकी छिन् ।


 मिस इगंल्यान्ड २०१९ को फाइनलमा उनले च्यारिटी क्वीनको अवार्ड समेत जितेकी थिइन । इको ड्रेस, ब्याल्क ड्रेस, च्यारिटी क्वीन,इन्टरभिउ राउण्ड र पब्लिक भोटिंगका आधारमा बिजेता छनौट गरिएको बिहिबार न्युक्यासलमा भएको  उक्त सौन्दर्य प्रतियोगितामा  ५४ प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गरेका थिए ।

 

 २२ हजार आवेदकहरुबाट छानिएर फाइनलमा पुगेकी नेपाली मुलकी राउतले  मानसिक स्वस्थ क्षेत्रमा काम गर्ने च्यारिटी सस्थाका लागि  ६ सय पाउण्ड सकलन गरेकी थिइन्  ।

 

हंगकंगमा जन्मिएर  युनिभर्सिटी  अफ ब्राइटनबाट इन्टेरियर आर्किटेक्टेक्चरमा स्नातक उतिर्ण  उनी पेशाले फ्लोर प्लान आर्किटेक्ट हुन ।


प्रस्तुति : जयन सुब्बा मानन्धर 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार