• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

मायाले कहिल्यै रुवाएन, बरू कहिलेकाहीँ मायालुले रुवाए

आँसु के हो ?
मानवीय संवेदना प्रतिविम्बन गर्ने एउटा माध्यम । अर्थात्, दुःख र सुखमा सधैँ आफैँसँग रहने परेको बेला साथ दिने अनन्य मित्र ।

 


पहिलो पटक आँसु आएको बेला ?
जन्मिँदा रोएँ होला, त्यो सम्झना छैन । तर सम्झेर पहिलोपटक कहिले रोएँ त्यो पनि थाहा छैन । सायद आमालाई घुक्र्याउँदा रोएँ कि !

 


आँसु आउँदा कस्तो महशुुस हुन्छ ? 
आँसुले मन चङ्गा बनाउँछ । झरीपछि खुलेको निर्मल आकाश जस्तै । र, यो दुःखनाशक औषधि हो ।

 

 
के कुराले तपाईंलाई झर्झर आँसु आउँछ ? 
कुनै मन छुने सिनेमाको दृश्य हेर्दा पनि मलाई आँसु आउँछ, नाटकको कुनै मार्मिक दृश्यले पनि गह भिजाउँछ । कसैको वियोगमा रुनु त मानवीय स्वभाव नै भईहाल्यो नि !

 


सबैभन्दा ज्यादा आँसु आएको समय ?
कुनै समय जब म चूडान्त डिप्रेसनमा थिएँ ।

 


आँसु किन आउँछ ?
सायद आफ्नो मनको बह पखाल्न, अरूको पीडामा मिसिन या परत्रको खुसीमा समर्थन प्रकट गर्न । किनभने आँसु दुःखको मात्र होइन, सुखको पनि साथी हो । आँसुभन्दा अनन्य मित्र अरू कोही, केही हुँदैन । 

 


आँसु आएको बेला कसले तपाईँलाई ढाडस दिन्छ ?
केही साथीहरूले र श्रीमतीले ।

 


आँसु र खुसीमा के फरक छ ?
आँसु त मानिसका लागि वरदान हो । यो नभएको भए आँखाको कुनै अर्थ हुने थिएन– हेर्नुबाहेक । खालि वेदनामा रुँदा पीडा हुन्छ र खुसीमा रुँदा आनन्द लाग्छ । यद्यपि आँसुले एकपटकलाई हरेक अवस्थालाई सन्तुलित बनाइदिन्छ । जहाँसम्म आँसु र खुसीको सम्बन्ध छ– वेदनामा बगे पनि या उत्साहमा बगे पनि यसको स्वाद नुनिलो नै हुन्छ । 
 
 

कति समयसम्म आँखाबाट आँसु झरिरहन्छ ?
गन्ती गरेर, टाइमर राखेर रोइएन । अनि ठ्याक्कै यति समय भनेर कसरी भनौँ ?

 

मायाप्रेममा कतिपटक आँसु आयो ?
मलाई मायाले कहिल्यै रुवाएन, बरू कहिलेकाहीँ मायालुले रुवाए । त्यो जमानाको कुरा हो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार