• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

प्रतिज्ञा 

आंधी चल्, चल् न चल्, जोडजोडले चल्

चल् न चल्, ए आंधी चल्, बेजोडले चल्

चलाईचलाई आज मैले तलाईँ थकाउनु छ 

भूकम्पलाई हराउने एउटा घर बनाउनु छ ।

 

बाटाहरु लाख हराउन्, चारैतिर पर्खाल होस्

जति उठ्यो उति लडिने बाधा र प्रहार होस्

बन्द पर्खाल भत्काएर नयाँ बाटो समाउनु छ 

भूकम्पलाई हराउने एउटा घर बनाउनु छ ।

 

छल्नु जति हामीलाई यो समयले छलिसक्यो

संघारैमा कैयौँ चोटि आफन्तले नै रेटिसक्यो

बिर्सिएर, तिनको द्वेष, प्रेम गर्न सिकाउनु छ 

भूकम्पलाई हराउने एउटा घर बनाउनु छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार