• शनिबार १-८-२०८१/Saturday 04-20-2024
फेशन

मौसम अनुसारको फेशन 

जयन सुब्बा मानन्धर, काठमाडौं । अहिले पानी पर्ने सिजन हो । यो मनसुन मौसममा फ्रेश एवं ट्रेन्डी देखिन नियाँन(फ्लेम अरेन्ज)  एव एप्पल ग्रीन जस्ता रंगहरु प्रयोग गर्नुपर्छ । किनकी यस्तो रंगको प्रयोगले ताजापन महसुश गराउँछ ।  यो मौसमको लागि फेब्रिकमा लाइक्रा र जर्जट सजिलो हुन्छ  । 

 

मनसुन फेशन लेटेस्ट ट्रेण्ड

-मनसुन परिधानहरु  ः शर्ट ,क्रपी ,जम्पसुट ,पेन्सिल स्कर्ट ,हाइवेस्ट ट्राउजर ,स्कार्फ ,हाफपेन्ट ।

 

-मनसुन कलर्स : नियाँन,कोरल रेड ,ब्लश पिंक ,एप्पल ग्रीन ,येलो ,स्कालेंट ,सेरुलिन  ।

 

-मनसुन फुटवेयर्स  ः फ्लेट्स ,फ्लिपफ्लप्स ,पिबिसी फुट वेयर्स ,फ्लोटर्स,रबर बुट्स,प्लासटिक स्लीपर ,क्रक्स आदि । 

 

-मनसुन एक्सेसरिज : प्लास्टिक इयररिन्गस ,पिबिसी बेग्स ,पीबिसी बेल्ट ।

 

-रेनवेयर  ः ज्याकेट ,रेनकोट ,चेक रेनकोट ,नियाँन रेनकोट ,प्रिन्टेड रेनकोट ,पोल्काडट कलरफुल रेनकोट ट्रांस्पेरेंट रेनवेयर आदि । 

 

-अम्ब्रेला :  एथेनीक अम्ब्रेला ,ट्रांस्पेरेंट अम्ब्रेला ,फ्लोरल अम्ब्रेला ।

 

 

मनसुन टिप्स

मनसुन सिजनमा लोअर वेयर सधैँ डार्क कलर्सको प्रयोग गर्नु पर्दछ ,किनकी लाइट कलर्समा हिलो ,माटो ,फोहोर लाग्यो भने छिट्टै नै कपडा फोहोर  देखिने हुन्छ । मनसुनमा शिल्क फेब्रिक कहिले पनि प्रयोग गर्नु हुदैन, यो फेब्रिक भिजेपछि चाडै नसुक्ने हुन्छ, साथै यो मौसममा भरसक हाइहिल पनि प्रयोग गर्नु हुँदैन,हाइहील पानीमा चिप्लिने साथै चुट्टिने,उकिने सम्भावना बढी हुन्छ ।  

 

पहिरन र एक्सेसेरिज सँगै मेकअप गर्दा पनि ध्यान दिनुपर्ने हुन्छ ,मनसुनमा अनुहारबाट मेकअप बग्ने हुनाले वाटर प्रुफ मेकअप प्रयोग गर्नु आवशयक हुन्छ  । यो सिजनमा पानी पर्नु अघि हावा बढी चल्ने भएकोले यस्तो मौसममा फ्लेयर्स भएको स्कर्ट एव हल्का टासिने र उड्ने किसिम फेब्रिक  प्रयोग नगर्ने त्यसको साटो फिटेड पेन्सिल स्कर्टको प्रयोग नै पर्फेक्ट मानिन्छ  ।

 

यो मौसममा लेयारिंग फेशन सही हुन्छ किनकी एउटा लेयारिंग भिजे पनि त्यसलाई उतारेर अर्को लेयरको कपडालाई प्रयोग  गर्न सकिन्छ साथै  लेदर बाट बनेको (सुज ,बेग ,ब्लेट ,पेन्ट ,शर्ट ,ज्याकेट) केही पनि प्रयोग गर्नु हुँदैन ,लेदर चिसोले  बिगर्ने,ढुसी आउने एव गन्हाउने हुन्छ ।

 

 

यो मौसममा आफुले प्रयोग गर्ने पहिरन ,मेकअप एव एक्सेसरिज सँगै छाला स्वस्थ पनि हुन जरुरी हुन्छ । मनसुनमा छालामा ताजापन कसरी कायम राख्न सकिन्छ त्यसबारे जानकारी राखौ । अन्य मौसम जस्तै मनसुनमा पनि आफ्नो छालाको ख्याल राख्नु पर्ने हुन्छ , पानी पर्नु रोके पछि गर्मी हुने र पसिना च्याप च्याप हुने भएकोले नुहाउने पर्ने हुन्छ । दिनभरी ताजा एव छरितो महसुस गर्नको लागि एरोमेटिक सावर गर्न आवशयक छ । यसको लागि पानीको टबमा जास्मिंन या गुलाफको फूलको पात भिजाउनु पर्छ ,केही समय पछि त्यो पानीमा नुहाउनु पर्छ ।

 

आफुले रुचाएको एरोमेटिक ओयल पानीमा राख्न सकिन्छ । यो मौसममा क्लिंजिंग ,टोनिंग ,मोस्चरराइजंग र कंडीसिनिगलाई आफ्नो दिनचर्यामा शामिल गर्नु पर्ने हुन्छ । किनकी यो मौसममा तैलीय गंथ्री बढी मात्रामा सक्रिय हुने हुन्छ।

 

यसलाई नियन्त्रण गर्नको लागि पनि दिनको दुइ तीन चोटी अनुहारमा टोनरले सफा गर्नु पर्ने हुन्छ ,डेड शेल हटाउनुको लागि भने स्क्रब गर्नु जरुरी हुन्छ ,छालाको चमकपन कायम राख्न खानपानमा पनि बिशेष ध्यान दिन आवशयक हुन्छ , मनसुनमा तैलीय ग्रन्थी बढी सक्रिय हुने भएकोले भुटेको ,तारेको र मसालादार खाना खानु हुँदैन । यस्तो खानाहरुले ओयल स्क्रिसन बढाउन मदत गर्छ ।

 

यसको नतिजा अनुहारमा पिम्पल र ब्लेक हेडको समस्या देखिने हुन्छ । त्यसको साटो हरियो सागपात ,फलफुल एव जुस आफ्नो खानपिनमा समावेश गर्नु पर्छ । जसले गर्दा अनुहारमा सधैँ ताजापन देखिने हुन्छ ।

 

मोडलहरु : अनिशा ,ममता ,सैजल


तस्बिर : कमल श्रेष्ठ  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार