• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
प्रविधी

१४ स्थानमा निःशुल्क वाईफाई

विराटनगर । विराटनगर महानगरपालिकाले बुधबारदेखि नगर क्षेत्रका १४ स्थानमा निःशुल्क वाईफाई सेवा सञ्चालन गरेको छ । वल्र्ड लिङ्क प्रालि र महानगरपालिका बीचको सम्झौतामा सो सेवा सञ्चालन गरिएको हो ।

 

पहिलो चरणमा कञ्चनबारी, पुष्पलाल चोक, खारजी, ठूलोमिल चोक, प्रादेशिक अस्पताल (कोशी), मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, विद्युत् प्राधिकरण (भृकुटी चोक), विराटनगर विमानस्थल, बसपार्क, जिल्ला प्रशासन कार्यालय मोरङ, बरगाछी, हनुमान मन्दिर (मेनरोड) र ट्राफिक चोकमा वाइफाई सेवा सुरु गरिएको छ ।
    

जडान गरिएका वाइफाईले प्रत्येक स्थानमा ५० देखि एक सय मिटर क्षेत्रमा एकसाथ २५० देखि ३५० जनाले तीन एमबिपिएस सेवा उपभोग गर्न पाउने छन् । सो सेवा पाँच वर्षका लागि लिङ्कले निःशुल्क उपलव्ध गराएको हो । नगरप्रमुख भीम पराजुलीले कञ्चनबारीमा सेवा सञ्चालन शुभारम्भ गर्दै निःशुल्क वाइफाईले  युवालाई महानगरपालिकासँग जोड्न खोजेको बताए ।

 

उनले नगर क्षेत्रमा निःशुल्क वाइफाई सेवा उपलव्ध गराउने नीति र कार्यक्रम अनुसार साउन महीनाभित्रमा ३२ स्थानमा सेवा सञ्चालन गर्ने योजना अनुरुप बुधबारदेखि कार्य सुरु गरेको जानकारी दिए । प्रमुख पराजुलीले यसपछि आगामी कात्तिक महीनाभित्रमा नगरका प्रमुख चोकमा थप ५० स्थानमा वाइफाई जडान गर्ने योजना रहेको बताए ।

 

सहयोगी संस्था वर्ल्ड लिंकका विराटनगर सहायक प्रबन्धक प्रेमप्रसाद घिमिरेले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले निःशुल्क सहयोग गरेको धारणा राखे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार