• आइतबार ८-२२-२०७६/Sunday 12-08-2019
विचार

‘टेक केयर’ सत्ताशीन वर्ग

अधिकांश अमेरिकनहरूको थेगो हो कुराकानीको समापन पश्चात छुट्टीने बेलामा ‘टेक केयर’ भन्ने । मैले बुझे अनुसार छुट्टीने समयमा ‘होशियारी अपनाउ है’ भनेर सजग गराउने प्रयास हो । हत्तपत्त कसैलाई पनि हामी सतर्क हुन सुझाव दिदैनौ । आफन्त जोखिम उन्मुख हुँदैछन् भन्ने बोध भएपछि मात्र सजग, सतर्क अथवा चनाखो हुनका निमित्त ‘होस गर्नु’ भन्ने सल्लाह दिने गर्दछौं । अर्थात जोखिमको गंन्ध कहिबाट पाइयो भने मात्र सावधानी हुन सचेत गर्ने हो । यो आलेखको उदेश्य सार्वजनिक जीवन व्यतित गर्नेहरूलाई सबिनय आग्रह गर्नु हो सावधान हुन ।

 

यदी वास्तविकतालाई आत्मसाथ गर्ने हो भने सार्वजनिक जीवन बिताउनेहरू ब्यक्तिका निमित्त हरदम सतर्क हुनु अत्यआवश्यक हुन्छ । आफ्नो मुखबाट निस्केको बचनको पालना गर्नुपर्ने उनीहरुको उत्तरदायित्व  हो । राणाकालिन नेपालमा प्रधानमन्ंत्री श्री ३ ले बोलेपछि बोल्यो बोल्यो भन्ने मान्यता स्थापित थियो । हामी सर्वसाधारणहरू पनि एक ले अर्कोलाई सजग गराउँदै भन्ने गर्दछौं ‘गोली र बोली फर्किदैन ।’ बोलेको कुरा पूरा नगर्ने लाई पाङदुरे भनिन्छ अनी घरीघरी बोली फेरनेलाई फटाह त्यस्ता ब्यक्तिहरूलाई कसैले पनि बिश्वास गर्दैनन् । कल्पना गर्न कठिन हुन्छ जनआस्था गुमाएको ब्यक्तिको हातमा शासन भार पुग्यो भने मुलुकको हविगत कस्तो होला ।

 

धेरै अर्थमा लोकतन्त्र भनेको नागरिकले आफुलाई शासन गर्ने प्रतिनिधि चयन गर्ने पद्धति हो । त्यस्ता प्रतिनिधीहरूको चारित्रिक आचरण, कर्तब्य, अधिकार तथा भूमिकाको बिस्तृत वर्णन लिखित रुपमा नै गर्ने प्रचलन छ । त्यसो त लिखित भन्दा धेरै नागरिकहरूले अपेक्षा गरेको अलिखित गुणहरूबाट त्यस्ता व्यक्ति वा व्यक्तित्व घनिभूत हुनछन् । जूनसुकै मुलुकमा पनि आफ्नो शासकले गरेका गल्तीहरुको मूल्य नागरिकहरूले चुकाउनु पर्ने हुन्छ । त्यसकारण शासकले भए गरेका गल्तीहरुको हिसाब किताब अथवा मुल्यांकन नागरिकहरूले गर्छन । तिनै मूल्यांकनहरूको आधारमा हुने हो शासक परिवर्तन । कुनै पनि शासकका निमित्त संविधान वा चुनावले तोकेको शासन अबधी लम्बिन सक्दैन तर छोटीन भने सक्छ ।

 

नागरिकहरूको धैर्य र सहनशीलताको सीमा हुन्छ । नगरिकको चाहना र नेताको ‘डेलीभरी’ बिच खाडलको फेरो बड्दे गएपछि बैधानिक बाटोबाट शासक परिवर्तन गर्ने प्रयास गरिन्छ । शासक लाई वा उसको शासनशैलीलाई परिवर्तन गर्न बिद्रोह हुन्छ । त्यसो बिद्रोह गर्ने अधिकार नागरिकहरूले सुरक्षित राख्छन् ।  

 

शासकबाट हुने गल्ती तथा तिनबाट हुने भूल भुलैयामा राख्ने प्रयास दुई अलग मुधाहरू हुन । गल्तीहरू तिन कारणले गर्दा हुने गर्दछन । सही सूचना प्रभा नभएको हुनाले हुनेले अर्थात शासनको बागÞडोर सम्हालनेले गलत सूचनाको आधारमा निर्णय गरिदिँदा, दोश्रो जानाजानी गल्ती गर्नाले अनी तेश्रो भनेको शासकको क्षमताको अभावले गर्दा । दोश्रो र तेश्रो किसिमको गल्तीहरूलाई शासकले भूलेपनी नागरिकहरूले भूल्न सक्दैनन् । गल्ती गर्नेले भूलेपनी प्रतिफलको भागीदारहरूले कसरी भुल्ने ? 

 

शासक नैतिकवान, चारित्रिक गुणहरू घनीभूत तथा लोभीपापी हुदैनन् भन्ने जनविश्वास हुन्छ । अधिकांश नागरिकहरू शासकलाई आफुभन्दा अब्बल दर्जाको ब्यक्तिका रुपमा सम्मान गर्दछन । शासकहरूको लोक प्रियतामा उतार–चडाव आइरहन्छन् । उनीहरूको शासनकालभरी  लगातार दुई कार्यकाल (अमरिकामा आठबर्ष अन्यत्र प्राय जसो दशबर्ष) को अवधीसम्म लोकप्रिय भएका नेताहरू तेश्रो कार्यकालमा अलोकप्रिय भएका उदाहरणहरू थुप्रै छन । त्यसैगरी शत्तासीन हुनपूर्व अथवा शुरूका दिन लोकप्रियताको चुचूरोमा पुगेका नेताहरू शतासीन भए लगत्तै अलोकप्रिय भएका उदाहरणहरू पनि थुप्रै छन । लोकप्रियताको कसिमा उकालो आरालो लाग्ने करण सत्ताशीन भए पछिका दिनहरूमा तिनले गरेको कार्यहरूबाट नागरिकहरूले पाएको लाभ नै प्रमुख हुने गर्दछ ।

 

राजनीतिक दल नेताले दिएको आश्वासनहरू तिनका दलले घोषणा पत्रमा उल्लेख गरेको कार्यकम तथा नितिहरूको मुल्यांकन गरेर नै हो जनबिश्वास जित्ने अर्थात जनमत प्राप्त गर्ने चुनावमा । हामी कहाँ लोकतन्त्र मजबूत हुन आवश्यक पुर्वाधारहरू अझै निर्माणाधीन अवस्थामा छन् । नेताहरूको सामाजिक पृष्ठभूमी, तिनले आर्जेको प्रतिष्ठा तथा चुनावी कालखण्डमा उम्मेदवार द्धारा गरिने खर्च जस्ता कारणहरूले अत्याधिक महत्वपुर्ण भूमिका खेल्ने गर्छ । हाम्रो मुलुकमा नेता चयन गर्ने प्रक्रियामा । ‘शिर्षथ नेताहरु’  पगरीधारीहरू पनि हामी कहाँ राष्ट्रिय मुद्दाहरूमा भन्दा बढी ध्यान आफ्नो चुनावी क्षेत्र केन्द्रीत हुने गर्छन ।

 

हामी कहाँ जसोतसो पार्टी कब्जा गरे पछिका दिनहरूमा निर्वाचन क्षेत्रलाई कब्जÞा गर्न लालियत हुने स्वच्छ हाबी भएको पाइन्छ । आफ्नो निर्बचन क्षेत्रमा पकड़ जमाउन राष्ट्रिय स्तरका नेता लालियत हुन्छन । शत्तासीन भएपछि पनि समस्त राष्ट्रलाई आफ्नो निर्वाचन क्षेत्र सम्झनुकोे साटो चुनावी क्षेत्र अझ त्यसमा पनि आफ्ना समर्थकहरूलाई रिजाउन लालियत हुने गर्छन । 

 

दलका प्रभाशाली (शक्तिशाली) नेता कानूनको दायरा भन्दा माथी हुने संस्कार हाम्रो राजनीतिमा अझै पनी हाबी छ । कठघरमा उभिनु पर्ने थुप्रै नेताहरू सम्मानित पदमा आसिन हुने क्रमको बोलबाल अझै कायम छ । बिश्वमा सायद हाम्रो मात्र यस्तो मुलुक होला जहाँ बिदेशीसंग सत्ता परिवर्तन गर्नका निमित्त पैसाको सहयोग माग्ने नेता राष्ट्रघाती घोषित भएर जेल सजाय भोग्नुको साटो हतियार बन्द सरकारी सुरक्षाकर्मीहरूको घेरामा महंगो गाढ़ीमा सवार हँुदै राज्य कोषबाट सुबिधा पाउने तथा राज्य संचालनमा महत्वपूर्ण स्थान ओगटने अवसर पाउँछन् ।      

 

बिगत कहिवर्ष यता अत्यन्त द्रुतगतीको नेतृत्वमा आसिन हन सफल हुने व्यक्तिहरूको चारित्रिक गुण  क्षेत्र हुन थालेको छ । हिजोकालाई आजकाल उछिन्न थालेका छन जसले गर्दा बिगत छी छी दूर दूर भएका ब्यक्तिहरूले सबैस्तर सम्मान पाउन थालेका छन । यस्तो परिस्थिति सिर्जित हुनुमा जनमानसको स्मरण शक्तिमा भए आएर भन्दा पनि बर्तमान अवस्थाका नेता गुणहरूको चारित्रिक गुणहरू हिजाका दिनहरूमा स्थापित भएकाहरूको भन्दा उनीहरूको चारित्रिक गुणहरूमा रहस्य आएको करणले गर्दा हो । जसले गर्दा एकातिर ‘जून जोगी आए पनि कान फट्टा’ अनी अर्को तर्फ बरु हिजो सडेगलेका नै आजका भन्दा बढी उपदायी थिए की भन्ने बिश्वास जनमानसमा बढ़न थालेको छ । 

 

लोकतान्त्रिक पद्धतिमा शासक प्रतिको जनआस्थामा गिरावट हुनु निसन्देह नै शुभसूचक होइन । जन–प्रतिनिधिहरूको काधमा परेको जिम्मेवारीको वजन बढ़न थालेको छ, जुन अपेक्षा बढनुका कारणहरूले गर्दा । जतीजती भारिलो हुँदै गएको छ उनीहरूको काधको वजन त्यति उनीहरू आफ्नो दायित्व बिमुख हुँदै गएका छन । उत्तरदायित्व छुट हुँदै गएका छन । नागरिकहरू आफुलाई आफ्ना प्रतिनिधिहरूले बिश्वासघात गरेको महसुश गर्न थालेका छन ।

 

बिधवान परिस्थिति सिर्जनामा दोषको भागिदार स्वंय स्थापित नेताहरू नै छन । सत्ताशीन भएको दिन देखि नै उनीहरूले नागरिकहरूलाई आफुले दिएको आश्वासनहरूलाई भुलेर ‘मु... को न्यानो मा रामाउने’ प्रवृतितर्फ उन्मुख हुन थाल्नाले बिधमान परिस्थिति सिर्जेको हो । दिलो चाडो न्यानोपनाको साटो चिसोले पिरोल्न थाल्छ भन्ने बास्विकतालाई आत्मासाथ गर्न नसक्नुले गर्दा हो ।

 

सार्वजनिक पद आसिन ब्यक्तिले रातलाई दिन घोषणा गरिदिँदा ती जतीसुकै शक्तिसाली व्यक्ति पनि निरिह निर्वस्त्र भईहाल्छ । फरक त्यत्ति हो नागरिकहरूलाई गुमराह राख्ने नेताहरू प्राय सबै लोकतान्त्रिक मुलुकहरूमा महा–अभियोगको भागी भएर शत्ताचुत हुने गर्छन । हामी कहाँ भने प्रधानमन्त्रीलाई बराबार धोका दिने राजनीतिक ब्यक्तिहरू त परीजाओस प्रशासकले समेत छुट पाउछन् ।

 

इतिहासको सबैभन्दा शक्तिशाली सरकार प्रमुख बराबर धोखा खान्छन्, पछताउँछन्, बेलाबेलामा देशवासी समक्ष माफि माग्न पछि हट्दैनन । तर न ती पदीय आचरण बिपरीत आफुले लिएको गलत निर्णयका कारणबाट मुलुकले भोगेको क्षती प्रति नैतिक जिम्मेवारी बहन गर्न अघी सर्छन । न चाही धोखेबाजलाई कारवाहीको दायरामा ल्याउने हिम्मत नै गर्छन । अहंम प्रश्न भनेको त्यस्ता धोखेबाजहरूलाई कुन शक्तिको आढ़मा शक्तिशाली प्रधानमन्त्रीलाई धोका दिने हिम्मत गर्छन अनी तिनलाई दण्डित गर्ने हिम्मत शत्तासीनहरूलाई हुँदै हुँदैन ? 

 

समय आयो सजग हुने सत्ताको बागडोर सम्हाल्ने सर्वशक्ति संम्पन्न नेताहरूलाई । यदी उनीहरु होसियार भएनन् वा सचेत भएनन भने मुलुकमा पुन बिद्रोह हुनसक्छ सत्ता परिर्वतनका निमित्त । हेक्का होस बिद्रोहको रहेकोमा परेको प्राय सबै मुलुकको बिकास प्रक्रियालाई पछाडि धकेल्ने गर्दछ । त्यसकारण हामी नागरिकहरूले नेताहरूलाई ‘टेक केयर’ भन्ने समय आएको छ ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार