• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

यी हुन श्रावन महिनामा प्रदर्शन हुने चलचित्र 

घर

‘घर’ हरर चलचित्रमा आधारित रहेर बनाइएको छ ।  चलचित्रमा अभिनेत्री सुरक्षा पन्तको डरलाग्दो अवतार प्रस्तुत गरिएको छ । अर्पण थापाको निर्देशन रहेको चलचित्रमा सुरज पाण्डे सुरक्षा पन्त, बेनिशा हमालले अभिनय गरेका छन् ।

 

चलचित्रमा आत्मा र मान्छेबीचको लडाइलाई चित्रण गरिएको छ भने निर्देशक थापा र सुरक्षा पति–पत्नीको भूमिकामा देखिएका छन् । चलचित्रको निर्माता शर्मिला पाण्डे हुन भने सह–निर्माता सन्तोष अधिकारी रहेका छन् । चलचित्रले आगामी श्रावण ३ गतेबाट दर्शकलाई तर्साउने  छ ।
 

 

एकलव्य

 

पारिवारिक प्रेमकथामा आधारित रहेर बनेको चलचित्र हो ‘एकलव्य’ । अभी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र  ‘एकलव्य’ श्रावण १० गतेबाट प्रदर्शनमा आउने तयारीमा  छ । 

 

सोनाम थापा मगरको निर्माण रहेको चलचित्रमा अनमोल शर्माको निर्देशन रहेको छ । चलचित्रमा सोनाम थापा, ओशिन भट्टराई, पुष्कर राउत, महिमा सिलवाल, सुशिल पोख्रेल,सुष्मा कार्कीको अभिनय रहेको छ । 

 

अबिन थापा मगर चलचित्रका कार्यकारी निर्माता हुन भने कृष्ण श्रेष्ठको चलचित्रमा सिनेमाटोग्राफी रहेको छ । भोजराज देवकोटाको पटकथा रहेको चलचित्रमा राजेन्द्र बजगाईको शब्द संगीत रहेको छ । चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।
 

 

साइनो

 

प्रेम कथामा आधारित रहेका बनेको चलचित्र  ‘साइनो’ नेपाली चलचित्र क्षेत्रकी पहिलो नायिका भूवन चन्दले निर्माण गरेकी हुन । चलचित्र साउनको २४ गतेबाट प्रदर्शनमा आउँदैछ  । रमेश थापाको निर्देशनमा बनेको यो चलचित्रलाई अभिमन्यू निरवीले लेखेका हुन् । चलचित्रका कार्यकारी निर्माता शरण थापा हुन् ।

 

चलचित्रमा रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन रहेको छ । चलचित्रमा निता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । भुवन चन्दले यहि चलचित्र बाट नयाँ अभिनेता राज कुमारलाई चलचित्रमा डेव्यु गराउँदै छिन् ।

 

चलचित्रमा रामेश्वर कार्कीको छायंकन, रामजी लामिछानेको कोरियोग्राफी, रोशन विक्रम भट्टराईको द्धन्द्व, बसन्त सापकोटाको संगीत, बनिष शाहको सम्पादन रहेको छ । 
 

 

दयारानी

 
सिनेमा आर्टस् र माओत्से फिल्मस्को ब्यानरमा  निर्माण भएको चलचित्र दयारानी गुरुङ समुदायमा दयालु यूवतीलाई ‘दयारानी’ भनिने भएकोले यस्तो नाम राखिएको हो । एउटा खराब श्रीमान् र उसकी श्रीमतीको कथामा चलचित्र बनेको छ ।

 

चलचित्रमा नायक दयाहाङ राई,  दीया पुन र  विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेको मुख्य भूमिका रहेको छ । चलचित्रलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् भने श्रावण ३० गतेबाट चलचित्र प्रदर्शनमा आउँदैछ ।
 

 

हजार जुनी सम्म

 

पारिवारिक कथामा आधारित रहेको चलचित्र हो ‘हजार जुनी सम्म’ । विकासराज आचार्य निर्दे्शित चलचित्र मा आर्यन सिग्देल, प्रियंका कार्की, स्वस्तिमा खड्का, सञ्चिता लुइटेल, सलोन बस्नेत, शिवहरि पौडेल, अनुभव रेग्मीकोे अभिनय रहेको छ ।

 

चलचित्रमा अर्जुन जिसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी र पुरुषोतम प्रधानको सिनेमेटोग्राफी रहेको छ । ‘हजार जुनी सम्म’ साउन ३० गतेदेखि प्रदर्शनमा आउँदैछ ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार