• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

पाँचवटा गौतम बुद्धको मूर्तिहरुमा तोडफोड

बुटवल । रूपन्देहि जिल्लाको सिद्धार्थ राजमार्ग तिलोत्तमा नगरपालिकामा बुद्धको मुर्ति तोडफोड भएको छ।

 

गए राति अज्ञात समूहले मुर्तिको तोडफोड तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए । नगरपालिकाले घटनाको भर्त्सनासमेत गरेको छ । बुद्धको जन्मभूमि लुम्बिनी जाने बाटोमा बुद्धका मूर्तिहरु राखिएको थियो ।

 

लुम्बिनीको पर्यटन प्रर्वद्धनमा टेवा पुर्‍याउने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको अवसर पारेर तिलोत्तमाले सिक्सलेन सडक डिभाइडरमा बुद्ध मुर्ति राखेको थियोे । ती राखिएका २२ वटा मुर्तिमध्ये गएराती ५ वटा तोडफोड भएका प्रहरीले जनाएको छ ।

 

६ लेन सडक बुद्धमय बनाउने गरी डिभाइडरमा मुर्तिहरु राखिएको थियो । यहा राखिएका मुर्तिहरु मध्ये शंकरनगर र नया मिलवीचका मुर्तिहरु तोडफोड भएका छन् ।

 

शान्तिका प्रतिक बुद्धको मुर्ति कसले र किन तोडफोड गर्यो भन्ने खुलेको छैन । यस बारे प्रहरी अनुसन्धान गरिराखेको जनाइएको छ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार