• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

प्रधानन्यायाधीश राणाले गरे एकैपटक २३४ न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाडौं । न्यायपरिषद्ले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवा गरेको छ । परिषद्ले बिहीबार निकालेको सरुवा सूची अनुसार उच्च अदालतका ७८ र जिल्ला अदालतका १ सय ५६ न्यायाधीश सरुवा भएका छन् । 

 

न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सरुवा गरेका हुन् । नयाँ आर्थिक वर्ष सुरु भएको दोस्रो दिन राणाले उच्च अदालतमा कार्यरत रहेका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवा गरेका हुन्।

 

त्यस्तै, परिषद्ले विशेष अदालतको अध्यक्ष र सदस्यमा पनि उच्च अदालतका न्यायाधीशहरुलाई तोक्ने निर्णय गरेको छ । विशेष अदालतको अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश शिवराज अधिकारीलाई ल्याइएको छ ।  

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार