• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
बिश्व

कुख्यात लागूऔषध तस्कर  ‘एल च्यापो’ लाई जन्मकैद

काठमाडौं । अमेरिकाको एउटा अदालतले मेक्सिकोका कुख्यात लागुऔषध कारोबारका नाइके ह्वाकिन 'एल च्यापो' गुज्मानलाई जन्मकैदका साथै अतिरिक्त ३० वर्षे जेल सजाय सुनाएको छ। यसै वर्षको सुरुवातमा न्युयोर्कस्थित अदालतले हत्याको षड्यन्त्र र कैयौँ टन कोकिन, हिरोइन र गाँजा तस्करीको आरोपमा उनलाई दोषी पाएको थियो।

 

अमेरिकाको कानुनअनुसार गिरफ्तारमा आउनु अघि गुजम्यान मेक्सिकोको जेलमा थिए । सन् २०१५ मा उनले जेलमा सुरुङ बनाएर भागेका थिए । तर, २०१६ मा उनलाई पुनः गिरफ्तार गरेर २०१७ मा अमेरिकामा सुपुर्दगी गरिएको थियो । उनी सिनाओला कार्टेलका नामले परिचित कुख्यात लागूऔषध तस्करी गिरोहका नाइके भएको बताइएको छ ।

 

उनलाई मेक्सिकोमा आतंक मच्चाउने एउटा हिंस्रक अपराधी समूहका नेताको रुपमा पनि लिइन्छ । सिनालोआ नामक उक्त सञ्जाल अमेरिकामा लागूऔषध तस्करी गर्ने सबभन्दा ठूलो समूह हो ।

 

बुधवारको सजाय घोषणाभन्दा अगाडि अनुवादकको माध्यमबाट बोल्दै गुज्मानले उनलाई अमेरिकामा राखिएको कैदखाना ुचौबिसै घण्टा मनोवैज्ञानिक, भावनात्मक तथा मानसिक यातनाु बराबर भएको बताएका थिए।

 

आफूमाथि अन्यायपूर्ण मुद्दा चलाइएको उनले बताए। उनले पाएको अतिरिक्त ३० वर्षको जेल सजाय हतियारको अवैध प्रयोगका लागि हो । साथै उनलाई साढे १२ अर्ब डलर जरीबाना पनि लगाइएको छ।

 

अधिकारीहरूका अनुसार गुज्मानलाई अत्यधिक सुरक्षा सहितको कोलोर्‍याडोस्थित जेलमा राखिने जनाएका छन्। सजाय विरुद्ध गुज्मानले अपिल गर्नेछन् वा छैनन् भन्ने प्रस्ट छैन। एजेन्सी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार