• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

सुमनको विहानी–४ सार्वजनिक 

काठमाडौं । गायक सुमन कुमार श्रेष्ठको एकल गीतिएल्बम विहानी–४ को अडियो तथा भिडियो सार्वजनिक भएको छ । विन्दवासीनी म्युजिक र बिन्दु हार्डवेयरको संयुक्त आयोजनामा एक कार्यक्रमको बीच गीति एल्वमको विमोचन गरिएको हो । 

 

गीतकार दिनेश अधिकारीको शब्द एंव संगीतकार दीपक जंगमको संगीत रहेको गीतमा सुमन कुमार श्रेष्ठको एकल स्वर रहेको छ । दिनेश डिसीको निर्देशन रहेको उक्त गीतको भिडियोमा गायक श्रेष्ठ सहित केकी अधिकारी, महेश खड्का, दिनेश डिसी, विनोद परियार, अनुरोध अधिकारी लगायतको अभिनय रहेको छ । 

 

कार्यक्रममा गायक श्रेष्ठकी आमा सावित्रिदेवी श्रेष्ठ, संगीतकार दीपक जंगम, गीतकार दिनेश अधिकार र गायक श्रेष्ठले एकैसाथ संयुक्त रुपमा एल्बमको विमोचन गरेका थिए ।

 

ब्याकअप ब्याण्डको बाद्यवादनमा एकल प्रस्तुति दिएका सुमनकुमारले आफ्ना लोकप्रिय गीतहरु टोपी लाए पनि हुन्छ, यो मन, खाएको कसमको लाज राख्नु है, मुटु चोरी लाने माया लगायतका आधा गीत प्रस्तुत गरेका थिए ।

 

कार्यक्रममा गीतकार राजेन्द्र थापाले श्रेष्ठको वायोग्राफि भिडियो पनि सार्वजनिक गरेका थिए । विन्दवासीनी म्युजिकको वजार व्यवस्थापन रहेको उक्त गीतको भिडियो युट्युवमा समेत सोही समयमा सार्वजनिक गरिएको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार