• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

 मलाई मन परेका पाँच चलचित्र

शिल्पा पोखरेल, नायिका

लुट – धेरै पहिला हेरेको चलचित्र हो लुट । यसमा सबैको अभिनय बबाल थियो । सौगात मल्ल र दयाहाङ राईको अभिनय एकदमै मन परेको हो । अझै बल होइन पासा दिमाग लगा दिमाग भन्ने डायलग त अहिले पनि सम्झिन्छु । नयाँ कथा नभएको भए पनि कथाको स्टाइल एकदमै राम्रो थियो ।  

 

झ्यानाकुटि– चलचित्रको फरक कथावस्तुले मेरो मन छोएको थियो । सौगत मल्ल, बेनिशा हमाल लगाएत अन्य कलाकारहरुको काम चित्तबुझ्दो छ । चलचित्रको कमेडी बबाल लाग्यो । तर चलचित्र चलेन यो दखद पक्ष हो । यस्तो चलचित्र बन्यो भने हामी कलाकारहरुलाई पनि काम गर्न चुनौती हुन्छ ।  

 

महशुस– चलचित्र धेरै हिसाबले उत्कृट छ । मलाई यसमा बिशेष मन परेको भनेको आर्यन सिग्देलको अभिनय नै हो । नायिकाहरु बेनिशा हमाल र केकी अधिकारकिो अभिनय पनि राम्रो नै छ । चलचित्रको कथा मन छुने खालको बनेको छ । चलचित्रमा निर्देशकको काम देखिएको छ । 

 

ए मेरो हजुर ३ – मैले पछिल्लो पटक हेरेको चलचित्र हो ‘ए मेरो हजुर ३’ । चलचित्रको कथा रमाइलो छ । बिशेष गरेर युवा वर्गलाई लक्षित गरेर बनाइएको रहेछ चलचित्र । निर्देशक झरना थापाको काम मलाई पहिला देखि नै मन परथ्यो । उहाँले गर्नुभएको अभिनय पनि एकदमै मन पर्ने र अहिले उहाँँको निर्देशनमा बनेको चलचित्र त झन मन नपर्ने कुरै भएन । चलचित्रमा अनमोल केसी र सुहाना थापाको जोडि एकदमै सुहाएको छ । बिशेष गरेर चलचित्रको गीतसंगीत मलाई एकदमै मन परेको हो । 

 

छक्का–पञ्जा – कथा खासै नौलो नभएपनि कमेडिले चलचित्र राम्रो बनाइदिएको छ । बैदेशिक रोजगारीको कथालाई एउटा सरल ढंगबाट प्रस्तुत गरिएको छ । चलचित्रको संवाद नै यसको गहना हो र यसको वास्तविक घटना र हास्यप्रधान संवादहरुले चलचित्र हेरुन्जेल रमाइलो बनेको छ । दिपकराज गिरी लगाएतका कलाकारहरुको अभिनय वास्तव मै बेजोड छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार