• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
बिश्व

आप्रवासी मूलका चार महिला सांसदलाई आफ्नो थातथलो फर्कन राष्ट्रपति ट्रम्पको सुझाव

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देश फर्कन भनेका आप्रवासी मूलका चार महिला सांसदहरूले टम्पले आफ्ना असफल नीतिहरूबाट ध्यान अन्तै मोड्न विभेदकारी टिप्पणी गरेको बताएका छन्।

एउटा पत्रकार सम्मेलनलाई उनीहरूले ट्रम्पका भनाइमा भन्दा पनि नीतिमा केन्द्रित हुनुपर्ने जोड थिए।

ट्रम्पले निसाना बनाएका एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, राशिदा तलाइब, आयान्ना प्रेस्ली र इल्हान ओमर फरक जातीय पृष्ठभूमिबाट आएका हुन्।

 

ओमर बाल्यकालमा अमेरिका प्रवेश गरेकी थिइन् भने अरू तीन जना अमेरिकामै जन्मेहुर्केका हुन्। उनीहरू चारै जना २०१८ मा सांसद निर्वाचित भएका हुन्।

उता राष्ट्रपति ट्रम्पले भने आफ्नो प्रतिरक्षा गर्दै थप आक्रामक टिप्पणी गरेका छन्। उनले ती सांसदहरूले अमेरिकालाई घृणा गर्ने गरेको आरोप लगाएका छन्।
ती सांसदहरूले ट्रम्पले मूल विषयबाट ध्यान अन्तै मोड्न आफूहरूमाथि त्यस्तो टिप्पणी गरेको आरोप लगाएका छन्।

 

के भने उनीहरूले

 

ट्रम्पले ती महिलाहरू पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको भन्दै आइतवार उनीहरूलाई आफ्नो थातथलोतिर फर्कन भनेका थिए।

ट्रम्पको ट्वीट जातिवादी र विभेदकारी भएको भन्दै धेरैले आलोचना गरे।

 

ती सांसदमध्ये दुई जनालाई ट्रम्पलाई महाभियोग लगाउनुपर्ने माग दोहोर्‍याएका छन्।

आफूहरूलाई एक्ल्याउने र चुप लगाउने प्रयास सफल नहुने भन्दै ती सांसदहरूले आफूहरू चार जना मात्रै नभएर न्यायसङ्गत राष्ट्र निर्माणमा लागिपरेका व्यक्तिहरू पनि आफ्नो समूहमा भएको बताएका छन्।

 

उनीहरूले स्वास्थ्यसेवा, बन्दुकजन्य हिंसा र मेक्सिकोको सीमामा आप्रवासीहरूलाई बन्दी बनाइएका जस्ता विषयमा ध्यान केन्द्रित गरिनुपर्ने धारणा व्यक्त गरेका छन्।

यदि तपाईँहरू सन्तुष्ट हुनुहुन्न भने, यदि सधैँ गुनासो मात्र गर्नुहुन्छ भने तपाईँहरू जान सक्नुहुन्छ, ह्वाइट हाउसबाहिर आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने।

आलोचना


सामाजिक सञ्जालमा गरिएको आफ्नो अभिव्यक्ति विवादमा परेपछि ट्रम्प अझ आक्रमक भएका छन्।

ती चार सांसदले अमेरिकाका शत्रुलाई मन पराएको आरोप लगाउँदै ट्रम्पले अमेरिकामा खुसी नभए उनीहरू देशबाहिर जान सक्ने टिप्पणी गरे।

ट्रम्पको उक्त भनाइको विपक्षी दलका नेताहरूले तीव्र आलोचना गरेका छन्।

 

रिपब्लिकन पार्टीबाट केही सदस्यहरूले मात्र टिप्पणी गरेको भए पनि सिनेटर सुसन कोलिन्सले भने ट्रम्पको अभिव्यक्ति अस्वीकार्य रहेको भनेकी छन्।

राष्ट्रपति पदका लागि भएको निर्वाचनमा ट्रम्पको प्रतिद्वन्द्वी बनेकी हिलरी क्लिन्टनले पनि अमेरिकाका थुनुवा केन्द्रमा व्याप्त अमानवीय अवस्थाबारे ध्यान आकर्षण गरेकाले ती सांसदमाथि आक्रमण गरिएको बताएकी छन्।बीबीसी
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार