• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

बाढीपहिरो प्रभावितलाई कांग्रेस सांसदले ५ दिनको तलब दिने

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले बाढी, पहिरो र डुवान प्रभावितलाई आफ्नो ५ दिनको तलब सहयोग गर्ने भएका छन्।

 

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले सोमबार एक विज्ञप्ति जारी गर्दै संघीय संसदका आफ्ना सांसदहरुको पाँच दिनको तलब दिने जनाएका हुन् । खाँणले संसदको अन्य कारवाही स्थगन गरी बाढी पहिरोको विपद व्यवस्थापन सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव ल्याउँदा सत्तापक्ष सकारात्मक नभएको भन्दै आपत्ति जनाए।

 

उनले भने, ‘सरकार संसदको सामना गर्न नै तयार नहुनु दुःखद कुरा हो । नेपाली कांग्रेस सरकारको यस्तो असंवेदनशिल, अनुत्तरदायी र असहिष्णुता कार्य प्रति खेद प्रकट गर्दछ’ प्रमुख सचेतक खाणले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

 

कांग्रेस संसदीय दलले राष्ट्रिय विपदको दुःखद घडीमा सबैलाई एकताबद्ध भई विपदको सामना गर्न आहवान समेत गरेको  छ । कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा ६३ छन् भने राष्ट्रिय सभामा १३ जना गरी कुल ७६ जना सांसद छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार