• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

नेपाल एयरलाइन्सका प्रवक्तामा चन्द

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० का नायब महाप्रबन्धक गणेशबहादुर चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

 

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले चन्दलाई आइतबार निगमको प्रवक्ता तोक्नुभएको संस्थाका सहायक प्रवक्ता नवराज कोइरालाले राससलाई जानकारी दिए । निगमको आर्थिक विभागमा वरिष्ठ अधिकृतको रुपमा सेवा प्रवेश गरेका चन्दले संस्थागत विभागको प्रमुखको रुपमा पनि काम गरिसकेका छन् ।

 

बैतडी स्थायी घर भएका चन्दले त्रिभुवन विश्वविद्यालयबाट एमबिए अध्ययन गरेका छन् । यसअघि निगमको प्रवक्तामा वरिष्ठ क्याप्टेन विजय लामा रहेका थिए ।  

 

नवनियुक्त प्रवक्ता चन्दले निगमको संस्थागत सुधारका लागि आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए । निगमले राष्ट्रियतर्फ नौ विमानमार्फत २२ गन्तव्य तथा अन्तर्राष्ट्रियमा दुई वाइड बडी, दुई न्यारो बडी जहाजले छ मुलुकका विभिन्न आठ गन्तव्यमा उडान भर्दै आएको छ । 

 

निगमले अन्तर्राष्ट्रियस्तरको भूमिस्थ सेवा ९ग्राउण्ड ह्याण्डलिङ० प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार