• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

इंग्ल्यान्ड विश्वकप च्याम्पियन

एजेन्सी – सुपर ओभरमा पुगेको विश्वकप फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको छ । 

 

लर्ड्स क्रिकेट मैदानमा न्युजिल्याण्डले दिएको २४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा अलआउट हुँदै २४१ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा इंग्ल्याण्डले १५ रन जोड्दै न्युजिल्याण्डलाई १६ रनको लक्ष्य दिएको थियो । जवाफमा न्युजिल्याण्डले १४ रन मात्र जोड्न सक्यो ।

 

सुपर ओभरमा जानुअघि इंग्ल्याण्डका बेन स्टोक्स र जोश बटलरले अर्धशतकीय इनिङ्स खेले । बटलर ५९ रनमा आउट भए । स्टोक्सले अविजित ८४ रन बनाए ।  न्युजिल्याण्डका जेम्स निशम र लकी फर्गुसनले ३र३ विकेट लिए  ।

 

यसअघि लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन बनाएको थियो । उसका लागि हेनरी निकोलसले ५५ र टोम लाथमले ४७ रन बनाए । 

 

अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको अवस्थामा ट्रेन्ट बोल्टले सुरुवाती २ बल डट गरे । त्यसपछि बेन स्टोक्सले तेस्रो बलमा छक्का र चौथो बलमा २ रन लिँदा ओभर थ्रोमा ४ रन जोडीपछि अन्तिम २ बलमा ३ रन आवश्यक परेको थियो । पाँचौ बलमा दोस्रो रन लिने क्रममा आदील रशिद रन आउट भए । इंग्ल्यान्डको लागि बेन स्टोक्स ९८ बलमा ५ चौका र २ छक्का सहित ८४ रनमा अविजित रहे ।

 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनाएको थियो न्युजिल्याण्डको लागि हेनरी निकोलसले अर्धशतकीय इनिङ्स खेले । उनले ७७ बलमा ४ चौकासहित ५५ रन बनाए ।

 

सुपर ओभरमा न्युजिल्यान्डका ट्रेन्ट बोल्टले बलिङ गर्दा बेन स्टोक्सले पहिलो बलमा ३ रन लिए । दोस्रो बलमा जस बटलरले १ रन जोडे । तेस्रो बलमा स्टोक्सले चौका प्रहार गरे । चौथो बलमा १ रन लिएपछि बटलरले पाँचौ बलमा २ रन लिए । अन्तिम बलमा बटलरले चौका प्रहार गरेपछि न्युजिल्यान्डले जितका लागि १६ रनको लक्ष्य पाएको थियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार