• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

गजुरीबासी अब कोही पनि भोकै बस्नु नपर्ने

धादिङ । दक्षिणी धादिङको गजुरी गाउँपालिका भित्रका नागरिकहरु अब कोही पनि भोकै बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरि खाद्य तथा पोषण सुरक्षा रणनीति योजना ल्याएको छ । 

 

यस वर्षदेखि नै कायान्वयन गर्ने गरि ल्याएकोले चेपाङ, तामाङ, दलित दनुवार समूदायका मानिसहरु भोकमरीको चपेटामा पर्ने गरेको भन्ने खबर आउने गरेकोमा अब यस कुराको अन्त्य भएको गाउँपालिका उपाध्यक्ष सीता ढुंगानाले बताए । आज आइतबार गाउँपालिकाले तयार गरेको रणनीतिक योजनाको संघीय सांसद भूमि त्रिपाठीले सार्वजनिक गर्दै कृषिमा लगानी, भएका बनेका भौतिक पूर्वाधारहरुको स्तर उन्नती गरेर मानिसको जिवनस्तर सुधार गर्नेतर्फ लाग्न गाउँपालिकालाई आग्रह गरे ।

 

कृषि विज्ञहरुको परामर्शमा गाउँपालिकाले तयार गरेको पञ्चवर्षीय रणनितिक योजनाको आज ९आइतबार० संघीय सांसद भूमि त्रिपाठीले एक कार्यक्रमका बीच रणनीतिक योजनाको सार्वजनिक गरेका हुन । 

 

रणनीतिक योजनाले आर्थिक तथा सामाजिक समानता, भोकमरीमूक्त गजुरी गाउँपालिका भन्ने परिकल्पना साकार पार्न नागरिकको खाद्य तथा उत्पादनका श्रोतहरुको उपलब्धता, पहुँच र उपयाृग अभिवृद्धि भइ गुणस्तरीय जीवनयापनको लक्ष्य लिएको छ । 

 

पाँचवर्ष भित्र घरपरिवारको आयमा ५० प्रतिशतले बढाउने, भोकमरीलाई ५ प्रतिशतमा सिमति गर्ने, कृषि उत्पादनमा २५ प्रतिशतले बढाउने, कृषि उतपदकत्वमा १५ प्रतिशतले बढाउने, ४० प्रतिशतले कृषिलाई व्यवसायिकरण गर्ने, गुणस्तरिय पुर्वाधार तथा आधारभुत कृषिमा ८० प्रतिशतको पहुँच हुने, प्रतिव्यक्ति आयमा ४० प्रतिशतले बढ्ने, ५० प्रतिशत मानिसको आयमा हालको भन्दा दोब्बर बढ्ने, ९० प्रतिशतले करेशाबारी बनाउने, ५० प्रतिशत जमिनमा सिंचाइ सुविधि हुने, ८० प्रतिशत कृषकहरु व्यवसायिक कृषि सहकारीमा समावेश भएको हुने, ५० प्रतिशत महिला तथा आर्थिक रुपमा पछाडी पारिएकाहरुको निर्णय प्रकृयामा सहभागिता हुने अनुमान रणनीतिक योजनाले गरेको छ । 

 

३१ हजार ३ सय ४ जनसंख्या रहेको गजुरी गाउँपालिकामा ७ सय ९६ घरपरिवार भोकमरीको चपेटामा रहेको छ । तामाङ, चेपाङ, ब्राम्हण क्षेत्रीदलित, दनुवारको मूख्य बसोबास क्षेत्र रहेको गजुरी गाउँपालिकामा ८१ दशमलब ६ प्रतिशत मानिस कृषि पेशामा सम्लग्न रहेका छन् । 

 

'गाउँमा स्वास्थ्यचौकी, स्वास्थ्य सेवा संचालन गरिए पनि नागरिकलाई भोको पेटमा औषधी मात्र खाएर नहुने रहेछ'  गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले सबै नागरिकलाई बिहान बेलुका पेटभरी खानपुग्ने बनाउन यस किसिमको योजना बनाइएको बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार