• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

कंगनाको विरोधमा भारतीय मनोरञ्जन पत्रकारहरु

काठमाडौं । पत्रकारसँग विवादमा परेकी नायिका कंगना रनौटलाई भारतीय मनोरञ्जन पत्रकारहरुको समुह ‘मुम्बई प्रेस क्लब’ ले बहिष्कार गर्ने घोषणा गरेको छ । 

 

  यस भन्दा अधि पनि माफी नमागेको र पत्रकारहरु संग भनाभन भएको भनेर कंगनाको विरोध भएको थियो ।

 

गत आइतबार आफ्नो फिल्म ‘जजमेन्टल हे क्या’ को प्रबद्र्धन गर्न गरिएको कार्यक्रममा उनले पत्रकार जस्टिन रावलाई अनेक आरोप लगाएकी थिइन् ।

 

फिल्मकी निर्माता एकता कपूर र नायिका कंगनाले माफी माग्नुपर्ने माग भारतीय मनोरञ्जन पत्रकारहरुको समुहले राखेको छ ।

 

 माफी नमागे कंगनाका आगामी सबै कार्यक्रम बहिष्कार गर्ने मनोरञ्जन पत्रकारहरुको भनाई छ ।एजेन्सी

  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार