• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

अमरिश पुरी अर्थात ‘मोगेम्बो खुश हुआ’

मुम्बई । बलिउडका मोगेम्बो किङ तथा खलनायक अमरिश पुरीको केही हप्ता अघि ८६ औँ  स्मृती दिवश थियो । उनको जन्मदिनको मौका छोपेर गुगलले डुडल बनाएर उनलाई श्रद्धान्जली अर्पण गरेकोे थियो  । 

 

मिस्टर इण्डिया, त्रीदेव, मेरी जंग, घायल जस्ता फिल्ममा अभिनय गरेका अमरिश पुरीको जन्म २२ जून, १९३२ मा पाकिस्तानमा भएको थियो भने सन् २००५ जनवरी १२ मा दुनियाँबाट अलबिदा भएका थिए । उनले अभिनय गरेका फिल्मको संवाद आज पनि धेरैको मन मस्ष्तिकमा बसिरहेको छ । चौडाई, कद, दमदार आवाज, सबै डराउने किसिमको फरक पोशाक चलचित्र प्रेमीहरुको मनमा बसेको छ । 

 

अमरिश पुरीका स्मृतीमा उनका छोरा राजीव पुरीले उनीसँग जोडिएका केही यादहरु सम्झेका थिए । खलनायकको अभिनय गर्ने अमरिश पुरीको पर्दामा यस्तो छाप पर्न गयो कि राजीवको घर आउने साथी समेत बुवासँग डराउँथे ।

 

राजीवले भने म र मेरो परिवारले उहाँको केही बर्ष पहिले देखि नै नाटकमा अभिनय देखिरहेका थियौँ । हामीलाई थाहा थियो कि बुवा नाटकमा मात्र खलनायकको भुमिका गर्नुहुन्थ्यो । मेरो एउटा साथी जब मेरो घर आईरहन थाल्यो तब उसलाई थाहा भयो कि यो अभिनय मात्र रहेछ । त्यसपछि उसको डर बिस्तारै हराउँदै गयो । 

 

 

त्यो समयमा बलिउडको अबस्था राम्रो थिएन त्यसैले उहाँले भन्नुभयो, यो क्षेत्रमा कहिले नआउनु जे मन लाग्छ अरु नै गर्नु ।  ‘मोगेम्बो’ को नामबाट पहिचान बनाउने अमरिश पुरी एक मात्र बलिउडका यस्ता खलनायक हुन, जसलाई आजसम्म कसैले टक्कर दिन सकेका छैनन् । उनले झण्डै चार सय चलचित्रमा काम गरेका छन् ।

 

अमरिश पुरीले ३० वर्ष भन्दा बढी समय भारतीय फिल्ममा काम गरे । उनले धेरैजसो खलनायकको भुमिका गरे । उनी यस्तो ढंगले फिल्ममा भुमिका गर्थे कि उनको अभिनयले उनको नराम्रो मान्छेको पहिचान बन्न पुगे ।

 

 

अमरिश पुरी जुन तरिकाले आफ्नो अभिनयलाई विभिन्न भुमिकामा गर्न सक्थे त्यो अहिले जो कोहिले गर्न सक्दैन ।  सत्य, हम पाँच, र गदर जस्तो फिल्ममा यस्तो छाप छोडे कि चलचित्र प्रेमिको मनमा उनको नाम सुन्दै डर उत्पन्न हुन्थ्यो ।

 

१९८७ सालमा फिल्म मिस्टर इण्डिया ‘मोगेम्बो खुश हुआ’ भन्ने संवाद आज पनि दर्शकहरुको दिमागमा बसिरहेको छ ।  पुरीको छोराले फिल्ममा अभिनय गरेनन् तर उनको नाति हर्षवर्धन पुरी यसै क्षेत्रमा जोडिएर काम गरिरहेका छन् । बीबीसी
 
   
  

 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार