• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

विपिन र स्वस्तिमा उत्कृष्ट नायक–नायिका

काठमाडौं । ‘राष्ट्रिय चलचित्र पुरस्कार– २०७५’ मा उत्कृष्ट नायक र नायिका उपाधि स्वस्तिमा खड्का र विपिन कार्कीले पाएका छन् । चलचित्र बुलबुल र प्रसादबाट दुईले उत्कृष्ट नायक नायिकाको सम्मान प्राप्त गरेका हुन्।

 

यस्तै निर्देशक तुलसी घिमिरेलाई नगद ३ लाख ५१ हजार र सम्मानपत्र सहित ‘चलचित्र दीर्घ साधना सम्मान’बाट सम्मानित गरिएको छ । राष्ट्रपति भवन शित्तल निवासमा आयोजित कार्यक्रममा २०७५ सालमा प्रदर्शन भएका चलचित्रहरु मध्ये विभिन्न ११ विधामा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्रदान गरिएको थियो । 

 

कार्यक्रममा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले चलचित्र क्षेत्रले देशको कला, संकृतीको विकास र विस्तारका लागि काम गर्नुपर्ने बताइन् । यस्तै, उनले सरकारले मनाउन लागेको ‘भिजिट नेपाल–२०२०’लाई सफल बनाउन चलचित्रकर्मीलाई आग्रह पनि गरिन् ।

 

पुरस्कार बिजेता :


उत्कृष्ट चलचित्र – ‘गोपी’


उत्कृष्ट निर्देशक – ‘बुलबुल’  बिनोद पौडेल


उत्कृष्ट सम्पादन – ‘साँइली’  निमेष श्रेष्ठ


उत्कृष्ट छायांकन – ‘समर लभ’  संजय लामा


उत्कृष्ट लेखन – ‘गोपी’  दिपेन्द्र लामा


उत्कृष्ट पटकथा तथा संवाद – सामिप्यराज तिमिल्सिना


जुरी प्रोत्साहन सम्मान – ‘भोर’  पूजा कर्ण


चलचित्रको व्यापार, विस्तार तथा प्रवद्र्धन सम्मान – ‘छक्का पन्जा ३’ (आमा सरस्वती मुभिज)


उत्कृष्ट चलचित्र (आदिवासी, जनजाति, विभिन्न मातृभाषी) – रिजे नासाँ
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार