• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

हरिवंशको 'बुढो हुन मन छैन' सार्वजनिक (भिडियो सहित) 

काठमाडौं । हास्य कलाकार हरिवंश आचार्यको नयाँ गीत  ‘बुढो हुन मन छैन’  सार्वजनिक भएको छ । गीतमा स्वर तथा शब्द हरिवंश आर्चाय स्वंयको रहेको छ ।

 

रोमान्टिक पारामा तयार गरिएको गीतमा बुढेसकाल बृद्धबृद्धाले भोग्नु पर्ने समस्यालाई  समेटिएको छ । बृद्धले आफ्नो जवानीका दिनहरु कल्पिएर गाएको गीतले अनुभूति हुन्छ । दीर्घ गुरुङले खिचेको भिडियो सुदन केसीले निर्देशन गरेका छन् ।

 

सुदन महसञ्चारको फिल्म ‘दाल भात तरकारी’का निर्देशक हुन् । गीतको म्युजिक भिडियोमा हरिवंश आचार्य र नरेन्द्र कंशाकार देखिएका छन् । हरिवंशलाई ह्याट, टाइसुट र फुलेको घोप्टे जुँगा राम्रो सुहाएको छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार