• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

अष्ट्रेलियालाई हराउँदै इङ्ल्यान्ड फाइनलमा

एजेन्सी । इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको सेमिफाइनल खेलमा साविक विजेता अष्ट्रेलियालाई आठ विकेटले हराउँदै इङ्ल्यान्ड फाइनलमा पुगेको हो । 

 

एड्बेस्टोनमा अस्ट्रेलियाले दिएको २२४ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३२ ओभर १ बलमा मात्र २ विकेट गुमाउँदै २२६ रन पूरा गर्‍यो । इङ्ल्यान्डका लागि जेसन रोय अर्धशतकीय पारी खेले ।

 

६५ बल खेलेका रोयले ९ चौका र ५ छक्काको सहयोगमा ८५ रन बनाए । त्यस्तै इङ्ल्यान्डका र जोए रुटले ४९ रन जोड्दा इयान मोर्गान ४५ र जोन्नी बेयरिस्टो ३४ रनको योगदान गरे । बलिङतर्फ अस्ट्रेलियाका लागि मिचल स्टार्क र प्याट कमिन्सले समान एक–एक विकेट लिए । 

 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै दुई सय २३ रन बनाएको थियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्बाकिक ८५ रनको अर्धशतकीय इनिङ खेले । खराब सुरुवात गरेको अष्ट्रेलियाले मात्र १५ रन जोड्दा तीन विकेट गुमाएको थियो ।

 

पूर्व कप्तान स्मिथले चौथो विकेटका लागि एलेक्स केरीसँग एक सय तीन रनको साझेदारी गरेका थिए । केरी ४६ रनमा आउट भए । मिचेल स्टार्कले २९ र ग्लेन म्याक्सवेलले २२ रन बनाए ।

 

इङ्ल्यान्डका लागि क्रिस वोक्स र आदील रशिदलेतीन तीन विकेट लिए । जोफ्रा आर्चरले दुई विकेट लिएका थिए । यससँगै यसपटक विश्वकपले नयाँ विजेता पाउने भएको छ । फाइनलमा इङ्ल्यान्डले आइतबार न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । पाँच पटकको विजेता अष्ट्रेलिया सेमिफाइनलबाटै बाहिरिएको छ । न्युजिल्यान्ड भारतलाई हराएर यसअघि नै फाइनलमा पुगिसकेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार