• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
देश/प्रदेश

बिपी प्रतिष्ठान धरानका उपकुलपति डा.रौनियार ८ लाख घूस सहित पक्राउ

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार ८ लाख घुस सहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डा.रौनियार र अर्का डाक्टर रामहरी रौनियार घुस रकमसहित पक्राउ गरेको हो ।

 

उनीहरूले प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस लिएको अख्तियारको दाबी छ। बिहीबार उनीहरूलाई अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले धरानस्थित उपकुलपतिको निवासबाटै पक्राउ गरेको हो।

 

आयोगमा रौनियारबिरूद्व उजुरी परेपछि उनलाई रंगेहात समाउने योजना बनाएको थियो। उनले कार्यकक्षमा रकम लिनासाथ भतिजलाई दिएर निवासमा राख्न पठाउने गर्थे। आयोगको टोलीले सुरूमा रकम नभेटेपछि खोज्न केही समय लागेको कारबाहीमा खटिएको टोलीले जनाएको छ । 

 

आयोगका प्रवक्ता सहसचिव प्रदिपकुमार कोइरालाले आयोगको हिरासतमा रहेका दुवै विस्तृत अनुसन्धान हुने बताए । उनीहरुका विषयमा थप अनुसन्धान भइरहेको छ। उपकुलपति रौनियार राजनीतिक हिसाबमा नेपाली कांग्रेस निकट हुन् । उनलाई गगन थापा स्वास्थ्यमन्त्री हुदा उपकुलपतिमा नियुक्त गरेका थिए । उनीविरुद्ध कयौं उजुरी अख्तियारमा परेको थियो ।

 

उपकुलपति डा रौनियारले प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिसनवापत घुस माग गरिएको उजुरीका आधारमा अख्तियारको टोली धरान पुगेको थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार