• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

नेविसंघको मसाल जुलुसमा प्रहरी हस्तक्षेप

काठमाडौं । नेपाल विद्यार्थी संघको मसाल जुलुस प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको छ । बिहीबार बेलुका राजधानीका विभिन्‍न स्थानमा नेविसंघले सरकारले कांग्रेसप्रति दिएका अभिव्यक्ति, विषादीयुक्त तरकारी भित्र्याउने लगायतका सरकारका क्रियाकलापविरुद्ध मसाल जुलुस निकालेको थियो ।

 

नेविसंघको मसाल जुलुसमा बाइपासबाट बालाजु चोक पुगेपछि प्रहरीले हस्तक्षेप गरेको हो।  जसमा प्रहरीले हस्तक्षेप गर्दे नेविसंघका केही नेताकार्यकर्ता पक्राउ गरेको जनाइएको छ । 

पक्राउ पर्नेमा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, विद्यार्थी नेताहरु निरन्जन थापा, पवन थापा, सुवास घिमिरे, सुदीप अधिकारी,विजय ढुङ्गना, मनोज राना, सौरभ घिमिरे,सन्देश पन्त,सुशील ढकाल, प्रदिपजंग साह,अमृत लामिछाने,उत्सव अवस्थी,अनिल महर्जन लगायत रहेका छन्। 

 

यस्तै मीन भवन क्याम्पसबाट निस्केको जुलुसमा पनि प्रहरीले हस्तक्षेप गरेको जनाइएको छ । यस क्षेत्रबाट पक्राउ पर्नेमा युवराज पाण्डेय, महेन्द्र भट्टराई, विस्नु खड्का, चन्द्रदेव खनाल, नवराज थापा, दिनेश कार्की रहेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार