• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
मनोरञ्जन

शहरमा छवी र शिल्पाको चर्चा, डिभोर्सबारे टुंगो लागेन

काठमाडौं । नायिका शिल्पा पोखरेल र चलचित्र निर्माता छविराज ओझालाई प्रहरीेले छलफलका लागि बोलाएको छ । शिल्पाले पति छविविरुद्ध उजुरी दिएपछि प्रहरी मध्यस्थताका लागि जुटेको हो ।

 

शिल्पाले आफूमाथि घरेलु हिंसा भएको भन्दै हिजो प्रहरीमा उजुरी दिएकी थिइन् । काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि सहमती भएको परिसरका डीएसपी होबिन्द्र बोगटीले बताए । उनले भने, ‘छलफलपछि उहाँहरुले लिखित सहमति गर्नुभएको छ।’

 

सहमतिपछि पनि अभिनेत्री शिल्पा आफ्ना श्रीमान ओझाको घरमा नबसेर आफ्ना दाजु भाउजुको घरमा बस्ने बताइएको छ ।

 

यो सबैको कारण शिल्पाले आफ्ना श्रीमानसँग पारपाचुके चाहेको बताइएको छ। तर यस विषयमा यी दुईबीच आगामी दिनमा कुराकानी हुने र सोही अनुसार निर्णय लिइने बताइएको छ। 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार