• शनिबार ४-४-२०७६/Saturday 07-20-2019
राजनीति

विषादी प्रकरणमा मलाई झुक्याइयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएकाले लज्जित हुनुपरेको बताएका छन् ।

 

राजधानीमा बिहीबार आयोजित 'संविधानको कार्यान्वयन र प्रशासनिक पुन: संरचना' विषयक अन्तर्क्रियामा उनले भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपर्ने अवस्था आएको बताए । उनले यसबारे खोजबिन भइरहेको र पत्र लुगाउने (गोप्य राख्ने) लाई कारबाही गरिने बताए ।

 

ओलीले थाहा नभएको कुरामा पत्र आएको छ भनेर भन्न नसक्ने भन्दै पत्रबारे थाहा नभएपछि आफूले सत्य कुरा गर्दा पनि ‘झूट’ भएको बताए । ‘पत्र आएर पनि मलाई झूट बोल्न लगाइयो । भुलचुक र नियतवश के हो रु त्यो म बुझ्दैछु । खोज्दै छु । त्यसपछि के गर्नुपर्ने हो गर्न तयार छु,’ ओलीको भनाइ छ ।

 

प्रधानमन्त्री ओलीले आवश्यक तयारी पछि फेरी सीमा क्षेत्रमा विषादी परीक्षण गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको बताए । भारतीय राजदूतावासले असार १४ गते परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारलाई पत्र पठाउँदै विषादी परीक्षण गर्नुको कारण सोधेको खुलासा भएको थियो ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार