• शनिबार १-८-२०८१/Saturday 04-20-2024
पत्रपत्रिका

घोडा नचढे जरिवाना

माथिल्लो मनाङमा मोटरबाटो नपुग्दासम्म स्थानीयको सवारीसाधन घोडा थियो । बाटो बिस्तार सुरु भएयता मनाङीले घोडा बेच्दै मोटरसाइकल किन्न थाले । यसको असर मनाङ गाउँ र टंकीले मिलेर मनाउने परम्परागत यार्तुङ पर्वमा पर्‍यो । घोडा दौड गरेर मनाइने यो पर्वका सहभागी घटे ।

 

यसपटक दुवै गाउँका अगुवाले जरिवानाको नियम बनाए । ‘यार्तुङमा सहभागी नहुनेलाई तीन हजार रुपैयाँ जरिवाना तोकिएको थियो,’ पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले भने, ‘पर्वमा युवा सहभागिता अनिवार्य होस् भन्नका लागि जरिवानाको नियम बनाइएको हो ।’

 

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने दुवै गाउँले मिलेर मनाउँदै आएको यार्तुङ हिमाल पारिका जिल्लाको ठूलो पर्व हो । मनाङीका अनुसार तिब्बती भाषामा ‘यार’ को अर्थ बर्खा र ‘तो’ को घोडा हुन्छ । ‘यार्तो’ बाट अपभ्रंश भएर ‘यार्तुङ’ रहन गएको मानिन्छ । बर्खायाममा मनाइने पर्व कृषि कर्ममा हुने दुःख र परिश्रमका थकान मेटाउनका लागि भएको स्थानीय बताउँछन् ।

 

यसपटक गाउँका अधिकांश युवा यार्तुङमा सहभागी भएर पाँच दिनसम्म घोडा दौडाए । १६ देखि ५५ वर्ष उमेर समूहका पुरुषले घोडा दौडाएका थिए । शनिबार सुरु भएको यार्तुङ बुधबार सम्पन्न भएको छ । यसपटक करिब सय जनाले घोडा दौडाएको गुरुङले बताए ।

 

यार्तुङ पर्वका लागि सुरुमा गाउँ भेला गरेर ‘नन्दी’ तोकिएको हुन्छ । नन्दी भनेको पर्वको संयोजक हो । यो वर्ष मनाङ ङिस्याङ गाउँपालिका–७ टंकी गाउँबाट टसी गुरुङ र ८ को मनाङ गाउँबाट पेम्बा गुरुङ नन्दी छानिएका थिए । उनीहरूले पर्वको व्यवस्थापन गरेका थिए ।

 

‘गाउँ कोषको पैसाले नपुगे आफैंले पनि खर्च गर्नुपर्ने हुन्छ । तैपनि बर्सेनि नन्दी बस्छन्,’ मनाङ गाउँका पूर्वम्हिथेवा ९गाउँले प्रमुख० कर्मा गुरुङले भने । मनाङसँगै भ्राका, पिसाङ र चामेलगायत गाउँमा पनि यार्तुङ मनाइन्छ । सुरुमा मनाङ गाउँमा यार्तुङ मनाएपछि मात्रै अन्य गाउँमा यो पर्व मनाइने गरिन्छ । चामेमा भने फरक समयमा मनाउने गरिन्छ । मनाङ जिल्ला ३ हजार ५ सय ४० मिटर उचाइमा पर्छ । कान्तिपुर


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार