• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

प्रदुषित पानीका कारण भरतपुर अस्पतालमा झाडावान्ताका बिरामी बढे

चितवन । वर्षात् शुरु भएसँगै दुषित पानीका कारण भरतपुर अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ ।  निजी अस्पतालमा पनि यस्ता बिरामीको सङ्ख्या बढ्को छ  । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरीका अनुसार एक सातायता दैनिक आठ जनासम्म झाडावान्ताका बिरामी आउन थालेका छन् ।

 

प्रदुषित पानीसँगै भारतबाट आयातित आँपका कारण रोग देखापरेको डा अग्रहरीले जानकारी दिएका छन । 
 दुषित पानीका कारण झाडावान्ता हुने, पेट दुख्ने, ज्वरो आउने, दिसामा रगत देखिने गर्दछ ।

 

 झाडावान्ताका कारण शरीरमा पानीको मात्रा कम भएपछि मिर्गौलामा समेत असर पर्ने उनले बताए । झाडावान्ताले शरीरमा हुने पौष्टिकतत्व र पानीको मात्रा घट्न गई मिर्गौलामा असर पर्दछ भने रक्तचाप कम हुने गर्दछ ।

सङ्क्रमित पानीमा टाइफाइडको किटाणु पनि हुने हुनाले त्यस्तो पानीले टाइफाइडको ज्वरो आउने अग्रहरी बताउछन् । यस्तो ज्वरो आउँदा टाउको दुख्ने गर्दछ । अस्पतालका वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीका अनुसार बहिरङ्ग सेवामा आएका बिरामीमध्ये १५ प्रतिशत मौसम परिवर्तनसँगै हुने रोगका बिरामी छन् ।


 जसमध्ये सबैभन्दा बढी झाडावान्ताको रहेको उनको भनाइ छ । बाहिरको पानी प्रदुषित हुनसक्ने भएकाले उमालेर चिसो बनाएर पानी पिउन अधिकारीको सुझाव छ ।
 नउमालेको फ्रिजमा राखेर चिसो बनाएको पानीमा किटाणु रहने उनको भनाइ छ ।

 

तीस सेकेण्डसम्म साबुन रहने गरी हात धोएर खाना ओसारपसार गरेमा खानेकुराबाट सर्ने ३३ प्रतिशत रोग कमी हुने भन्दै अधिकारीले यो मौसममा विशेष सावधानी अपनाउनुपर्ने बताए ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार