• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

तीन दिनसम्म देशभर भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । आगामी तीन दिनसम्म देशभर भारी वर्षा जारी रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

अहिले काठमाडौं उपत्यकासहित  अधिकांश स्थानमा बर्षा भइरहेको छ भने केहि स्थानहरुमा बाढिपहिरोको जोखिम समेत बढेकाले मौसमविद्ले सतर्क रहन आग्रह गरेका छन् । 

 

बुधबार दाङ, बाँके, बर्दिया, रूपन्देही कपिलवस्तु, नवलपरासी चितवनलगायत आसपासका जिल्लाका  नदीहरुमा बाढी आउने सम्भावना रहेको भन्दै सचेत रहन मौसम पूर्वानुमान महाशाखाले  आग्रह गरेको छ । 


 तीन दिनसम्म लगातार वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार