तीन दिनसम्म देशभर भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह
काठमाडौं । आगामी तीन दिनसम्म देशभर भारी वर्षा जारी रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा बर्षा भइरहेको छ भने केहि स्थानहरुमा बाढिपहिरोको जोखिम समेत बढेकाले मौसमविद्ले सतर्क रहन आग्रह गरेका छन् ।
बुधबार दाङ, बाँके, बर्दिया, रूपन्देही कपिलवस्तु, नवलपरासी चितवनलगायत आसपासका जिल्लाका नदीहरुमा बाढी आउने सम्भावना रहेको भन्दै सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
तीन दिनसम्म लगातार वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस