• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
पत्रपत्रिका

पत्र आउनु सामान्य : सरकार 

काठमाडौं । सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासबाट सरकारलाई पत्र आएको स्वीकार गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि बाँस्कोटाले दुई देशका सरकारबीच पत्र आउजाउ हुने कुरा स्वाभाविक हुने भएकाले त्यसलाई अन्यथा लिन नहुने बताए ।

 

‘सीमा जोडिएका दुई मुलुकबीच आआफ्नो इन्ट्रेस्टका विषय हुन्छन् । दुई सरकारबीच पत्रहरू आउनेरजाने चलिरहन्छ,’ बाँस्कोटाले भने, त्यस्ता विषयमा हुने पत्रको आदानप्रदानलाई सरकारले स्वाभाविक रूपमा लिएको छ । त्यसलाई कसैले पनि अन्यथा रूपमा लिनुहुँदैन ।’

 

प्रधानमन्त्री केपी शर्मा ओलीले भने दूतावासको पत्र नपठाएको र दबाब नआएको दाबी गरेका थिए । १४ गते दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको सातापछि गत शनिबार संसदीय दलको बैठकमा नेकपा सांसदले ‘सरकार भारतसँग झुकेर विषादी परीक्षण रोकेको हो रु’ भन्ने प्रश्न गरेपछि जवाफमा ओलीले भनेका थिए, ‘कतै कसैको दबाबका आधारमा तरकारी र फलफूलको विषादी परीक्षणबाट सरकार पछि हटेको होइन । भारतबाट पत्र आयो रे । खोइ कसलाई पत्र आयो रु कसलेपढ्यो त्यो पत्र रु मलाई थाहा छैन ।’

 

मन्त्री बाँस्कोटाले सीमा जोडिएका मुलुकबीच सामानहरू मात्र नभई पत्रसमेत आदानप्रदान भइरहने दाबी गरे । आम जनताको स्वास्थ्य र अधिकारप्रति सरकार सजग एवं गम्भीर रहेको उनले बताए । विषादी परीक्षणका लागि सरकार पूर्वाधार व्यवस्थापनमा जुटेको उनको भनाइ छ ।

 

राजपत्रमा सूचना प्रकाशनपछि असार २ देखि विषादी परीक्षण सुरु भएको थियो । उक्त कदमले भारतीय व्यवसायीलाई अप्ठेरो परेपछि दूतावासले पत्र पठाएको हो । पत्रमा भारतको राष्ट्रिय वनस्पति संरक्षण संस्था तथा कृषि तथा प्रशोधित खाद्य पदार्थ निर्यात विकास प्राधिकरणले नेपालमा निर्यात हुने यस्ता सामग्रीलाई ‘फाइटोस्यानिटरी प्रमाणपत्र’ प्रदान गर्ने गरेको र ती प्रमाणपत्र नेपाली निकायहरूलाई स्वीकार्य रहेको उल्लेख छ । यसरी स्वीकार्य भइसकेको विषयलाई किन पुनर्परीक्षण गर्नुपर्‍यो भन्ने दूतावासको पत्रको आशय छ । कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार